back
Naima

दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरू दिपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ । विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो ।

अदालतको आदेश अनुसार, प्रतिवादी दिपक भट्टको हकमा आज पाँचौँ पटक १२ (बाह्र) दिनको म्याद थप गरिएको छ । त्यसैगरी, अर्का प्रतिवादी शुलभ अग्रवालको हकमा छैटौँ पटक १२ (बाह्र) दिनको म्याद थप भएको छ । यो म्याद थप मिति २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको हो ।

अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा हालै भएको संशोधन र नयाँ अध्यादेशले गरेको कानुनी व्यवस्थालाई ध्यानमा राख्दै यो निर्णय लिइएको देखिन्छ । सरकारी वकीलको राय प्रतिवेदन तयार पार्ने, अभियोजन कार्य र केन्द्रीय अनुसन्धान ब्यूरो बाट भइरहेको सम्बद्ध कसूरतर्फको अनुसन्धान अझै बाँकी रहेकाले थप समय माग गरिएको थियो ।

संयुक्त अनुसन्धान टोलीले मुद्दाको गम्भीरता र प्रमाण संकलनको प्रक्रियालाई मध्यनजर गर्दै अनुसन्धान तहकिकात कार्य अगाडि बढाइरहेको छ । विशेष अदालतको प्रशासन शाखाका अनुसार, ऐनको दफा १७ को उपदफा (४) बमोजिम प्रक्रिया पुर्याएर अनुसन्धानका लागि यो म्याद थपको आदेश जारी गरिएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...