back

गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत

nactional life

रौतहट । विगतका वर्षहरूमा मध्य चिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित हुने रौतहट र सर्लाहीका किसान यस वर्ष भने बजार भाउ देख्दा दंग परेका छन्।

शीतलहर चल्ने समयमा सामान्यतया प्रतिकेजी १० देखि १२ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गोलभेँडाले यसपटक अनपेक्षित रूपमा उच्च मूल्य पाइरहेको छ।
अहिले रौतहट तथा सर्लाहीका किसानले बोटबाटै गोलभेँडा प्रतिकेजी १०० रुपैयाँमा व्यापारीलाई बिक्री गरिरहेका छन्। किसानबाट १०० रुपैयाँमा खरिद गरिएको गोलभेँडा उपभोक्तासम्म पुग्दा खुद्रा बजारमा १२० रुपैयाँसम्म पर्ने गरेको छ।

किन बढ्यो मूल्य?
गोलभेँडाको मूल्य बढ्नुको मुख्य कारण उत्पादनमा आएको भारी गिरावट हो। रौतहट जयनगरका किसान शिवदयाल यादवका अनुसार गत कात्तिकमा भएको बेमौसमी वर्षाले गोलभेँडाका बोटहरू नष्ट गरेको थियो। वर्षाका कारण धेरै किसानको बेर्ना सखाप भएपछि थोरै किसानले मात्र जोगाएर उत्पादन गर्न सकेका छन्।
बेर्ना नष्ट भएपछि पुनः खेती गर्न खोज्दा बजारमा बीउको अभाव हुनुले पनि उत्पादनमा कमी आएको किसानहरूको भनाइ छ। मागको तुलनामा आपूर्ति कम भएकाले नै यस वर्ष पुसको चिसोमा पनि गोलभेँडाको मूल्य अकासिएको हो।

निर्यातको अवस्था
लालबन्दी बजारका व्यापारी मोहम्मद उस्मानका अनुसार मध्य जाडोमा गोलभेँडाको यति धेरै मूल्य भएको यो पहिलो पटक हो। हाल सर्लाहीको लालबन्दी र सासापुर संकलन केन्द्रबाट दैनिक एक हजार क्रेटभन्दा बढी गोलभेँडा काठमाडौंसहित देशका विभिन्न प्रमुख सहरहरूमा निर्यात भइरहेको छ। रौतहट सहित सर्लाहीको अधिकाश क्षेत्रलाई गोलभेँडा खेतीको व्यावसायिक पकेट क्षेत्र मानिन्छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:१४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

वि.सं.२०८३ जेठ २० बुधवार १०:२९

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका...

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०६

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:१५

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग...

सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:१२

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लिउडी...