back
himalayan life

मन्थलीको दिदीबहिनी महिला सहकारी : १९ वर्षमै एक करोडको संस्थागत उचाइ

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा घरै पिच्छेजस्तो सहकारीका बोर्डहरू छन् । ती सहकारीको बिचमा एउटा सहकारीको छुट्टै पहिचान छ ।

महिलाहरूले मात्र सञ्चालन र व्यवस्थापन गरेको सहकारी जसको पहिचान अलग छ । महिलाहरूको सञ्चालन र व्यवस्थापन रहेको दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनको १९ वर्ष पुरा गरेको छ ।

१९ वर्षमा संस्था झण्डै १ करोड रुपैयाँको मालिक भएको छ । दिदी बहिनीलाई सानातिना काम गर्न ऋणै भए पनि दिने सहयोगी भएको छ । दिदी बहिनीको सानो सानो रकम जम्मा गर्ने थलो भएको छ।
आय आर्जनको लागि ऋण लिन चाहने महिलाहरूको लागि सहकारीले ब्याज समेत घटाएको संस्थाकी अध्यक्ष सोविता न्यौपाने सुवेदी बताउँछिन् । विभिन्न खालका तालिम लिन चाहने महिलाहरूको लागि संस्थाले तालिम समेत दिने उनले जानकारी दिइन् ।

सो सहकारीको कारोबार रकम करिब ८४ लाख रुपैँया पुगेको छ । संस्थाको लगानी भएको कुल ऋण ५४ लाख ६३ हजार ५ सय रहेको छ भने शेयर पूँजी २ लाख ९० हजार ६ सय रुपैयाँ रहेको छ ।
संस्थाको साधारण जगेडा कोषमा ६ लाख ७ हजार ४ सय ३१ रहेको छ । सुरक्षित पूँजी फिर्ता कोषमा ५ लाख ८३ हजार १५ रुपैँया रहेको छ । अन्य वैधानिक कोषहरूमा ८ लाख ५५ हजार ७ सय ७१ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

वि.सं.२०८३ असार १० बुधवार १२:२४

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका...

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५५

काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र...

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५०

काठमाडौं । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा...

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

वि.सं.२०८३ असार ३ बुधवार १०:०१

काठमाडौं । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...