back

‘सहकारीहरु सबै गलत छैनन् र समाधानका लागि सबैको प्रयास आवश्यक छ’ म अरु जस्तो दायाबायाँ हावा ढङ्गले बोल्ने मान्छे होईन् म जे बोल्छु त्यो मात्र गर्छु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री : राजेन्द्र कुमार राई

काठमाडौं। कुनै पनि समस्या समाधानका लागि राम्रो सँग बसेर छलफल गरेर निष्कर्ष निकाल्दा पनि हुन्छ । यसको बारेमा मैले भनिरहनुपर्दैन यहाँ सहकारी क्षेत्रमा आबद्ध हुने विशिष्ट व्यक्तिहरु पनि छन् । पत्रकार मित्रहरु पनि छन । तपाईहरु आफैलाई थाहा छ किन यस्तो हुन्छ ।

तपाईहरुले निकालेको निष्कर्षलाई एक हप्ताभित्र कार्यान्वयन गर्छु भनौला, महिना दिनभित्र गर्छु भनुला तर भएन भने के हुन्छ । भएन भने फेरि यस्तो फोरम बनाएर छलफल हुन्छ ? त्यो एउटा पाटो हो । तर म तपाईहरुलाई एउटा कुरा विश्वास दिलाउन चाहान्छु । आज यस गोष्ठीबाट निकालेको निष्कर्ष लिपिबद्ध बनाउनुहोस् । त्यो लिपिबद्ध निष्कर्षलाई म समक्ष लिएर आउनुस् । यदि त्यसलाई मैले कार्यान्वयन गर्न सकिन भने तपाईहरुले प्रश्नचिन्ह उठाउन सक्नुहुन्छ ।

सहकारीहरु खत्तम छन भन्ने कुरा गलत हो । केहीले गल्ती गरेका होलान् । तिनलाई कारबाही गर्नु प¥यो । केही लोभले गर्दा सहकारीमा अहिलेको अवस्था आएको हो । यस्ता कार्यहरुलाई रोक्नका लागि गलत गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।

समस्या समाधानका लागि कार्यदल बन्ने काम मात्र हुने गरेको छ । तर कार्यदलले दिएको सुझावलाई कार्यान्वयन गर्नु पर्छ । गाउँका सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ ।

म त्यसलाई सतप्रतिशत गर्छु त्यसमा कुनै दुविधा नै छैन् । तर म अरु जस्तो दायाबायाँ हावा ढङ्गले बोल्ने मान्छे होईन् म जे बोल्छु त्यो मात्र गर्छु । गोष्ठीमा मात्रै बस्ने गरेर हुँदैन यसबाट आएका निष्कर्षहरुलाई कार्यान्वयन गर्ने गर्ने तर्फ ध्यान दिनु पर्छ ।

तपाईहरुको निष्कर्षलाई लिपिबद्ध गरेर ल्याउनुस म त्यसलाई कार्यान्वयन गर्छु तर तपाईहरुले लिएर चाहि आउनुपर्छ । सबै मान्छेले भन्छन की देशको अर्थतन्त्र समाप्त भयो । देशको अर्थतन्त्र सार्वभौम भएन् । देश बङ्गला देश तिर जाने होकी, श्रीलंका तिर पो जान्छ की, कोहि चीनतिर जानेहोकी भन्छन् । चीनतीर गएत राम्रो हो । चिनको अर्थतन्त्र ठूलो र राम्रो रहेको छ । श्रीलंका तिर गयो भने चाँही अलि समस्या हुन्छ । तर मलाइ लाग्छ, हामी सबै मिलेर यो देश बनाउनुपर्ने हो ।

देशलाई श्रीलंकासँग, चीनसँग दाँजेर हुदैन् सबै मिलेर देश विकासमा खट्यौ भने देश बन्छ । दुनियाँको इतिहासमा पत्रकार मित्रहरुलाई थाहा छ, सहकारी अभियान्ताहरुलाई पनि थाहा छ । हरेक काम गर्नको लागी सबैभन्दा पहिला सोसाइटी (समाज) जाग्नुपर्छ । त्यो वातावरण बनाउनको लागी अहिलेको सरकारले सहयोग गर्छ ।

सहकारीका अभियान्ताहरुले पनि साथ दिनुपर्याे । थुप्रै समितीका अध्यक्ष सदस्यहरुले पनि भाषण गर्नुभको छ । तर खै समाधानका विषयमा गम्भिर कुरा छ यसको समाधानको लागी म तपाईहरुलाई अपिल गर्न चाहान्छु । आग्रह गर्न चाहान्छु । तपाईहरु छलफल गर्नुस यहाँबाट आएको निचोडलाई म एक, दुई, तीन कार्यान्वयन गर्छु । यस बिषयमा म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु । साथै यसको समाधानको लागी प्रतिबद्धता जनाउँछु ।

(तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राईले आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले आयोजना गरेको सहकारीमा संकट : कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश)

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

वि.सं.२०८३ साउन १४ बिहीवार १०:०१

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना...

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

वि.सं.२०८३ साउन १३ बुधवार १३:२२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका...

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता, साउनदेखि कान्तिपुर र गोरखाको भुक्तानी सुरु

वि.सं.२०८३ साउन १२ मंगलवार १६:०१

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न...

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’ 

वि.सं.२०८३ साउन ११ सोमवार १४:५७

काठमाडौं । लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

वि.सं.२०८३ असार ३० मंगलवार १७:३२

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा...