back

सिमरामा सार्वजनिक जग्गा कब्जा गर्न माफिया सक्रिय, पैसाका लागि पैनीलाई पुरेर निजि जग्गामा घुमाए

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको स्थानीय पैनीलाई पुरेर निजि जग्गामा घुमाइएको पाएको छ ।
केही स्थानीय जग्गा कारोबारीहरुले विगत लामो समय देखि बग्दै गरेको पैनीलाई पुरेर निजी जग्गामा घुमाएको पाएको हो । विगत पाँच बर्ष अगाडि जग्गा कारोबारीहरुले पैनीलाई पुरेर नजिक नै रहेको सेन्ट अलफान्स विद्यालयलाई बिक्री वितरण गरेका थिए ।
साविक पिपरा सिमरा गाविस वडा नम्बर ४ मा पर्ने उक्त जग्गा स्थानीय तह गठन भए देखि उपमहानगरपालिकामा समाहित भए पछि कारोबारीहरुको मिलोमतोमा करिब दुई विगाहा पैनीको जग्गालाई पुरेर निजी जग्गा बनाउँदै महंगोमा विद्यालयलाई बिक्री वितरण गरेका छन ।
आर्थिक प्रलोभनका कारण कारोबारीहरूले बगीरहेको पैनी पुरेर निजि जग्गामा घुमाएको स्थानीय सुनिल साह कलवारले बताए । उनका अनुसार केही बर्ष अगाडि देखि नै जग्गा कारोबारीहरु पैनीलाइ पुर्नलाई सक्रिय भएर पैनीलाइ पुरेर निजि जग्गामा पुर्याएका छन ।

पैनी बारे बुझन् न्यायीक समितिमा निवेदन

लामो समय देखि बग्दै गरेको पैनीलाई पुरेर निजि जग्गामा घुमाए पछी जितपुर सिमरा उपमहानगरपालिकाको न्यायीक समितिमा उजुरी परेको छ । स्थानीय साहले गएको भदौ २ गते न्यायीक समितिमा निजि जग्गामा पैनी घुमाएकाले यस बिषयमा छानबिन गर्न निवेदन दर्ता गराएका हुन् । उक्त जग्गा र विद्यालयको बीचमा विगतमा पैनी बग्ने गरेको थियो ।

अहिले दक्षिण तर्फ बग्ने पैनीलाइ पुर्व तर्फ घुमाएर बिद्यालयको संरचना बनाइएको छ । उक्त स्थानबाट करिब ३०० मिटर पुर्व सम्म निजि जग्गामा पैनीको बहाव बनाइएको छ ।

हाल पैनी पुरेर बिद्यालयको भौतिक संरचना निर्माण गरिएको छ । स्थानीय सागर कार्कीका अनुसार जग्गा कारोबारीले पहिलोपटक २०७३ सालमा एक्स्काभेटरले माटो काटी पैनीको दक्षिण तर्फको बहाव बन्द गरेका थिए । उक्त कार्यको स्थानीयले विरोध जनाएका थिए । स्थानीयले पैनीको पुरानै बहाव कायम गर्न माग गरेका थिए । तर जग्गा कारोबारीहरुले मनोमानी तरिकाले पुनः पैनीको बहाव परिवर्तन गरिदिएका हुन् । जग्गा कारोबारीले पैनीको बहाव पटक पटक परिवर्तन गरेपछि उपमहानगरपालिका मौन बसेको छ ।’ बहाव परिवर्तन गरिँदा वरिपरीका पैनीलाई पुरिएर बिद्यालयको भौतिक संरचना निर्माण भएसंगे केहि ब्यक्तिलाई लगायतलाई फाईदा पुग्ने मनसायले काम गरीएको छ ।

५ किता निजि जग्गा पुरियो

जग्गा कारोबारीहरुले नजिक मै रहेको विभिन्न निजि जग्गाको किताहरुमा पैनी घुमाएको साहले बताए । कारोबारीहरुले पैनीलाई पुरेर सेन्ट अल्फान्स विद्यालयलाई महंगो रकममा बेचेका छन । स्थानीयका अनुसार कारोबारीहरुले निजि जग्गामा पैनी घुमाएर करौडौ रकम हात पारेका छन । स्थानीयले पैनी कब्जाको विरोध गर्दा स्थानीय निकायले वास्ता नगरेको उनीहरुको आरोप छ । यता जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद पौडेलले जग्गा कारोबारीहरुले निजि जग्गामा पैनी घुमाएको बिषयमा जानकारी नभएको बताए ।

उनले पैनीको र निजि जग्गाकै बिषयमा वडाअध्यक्ष संग बुझ्नलाई सल्लाह दिए । यसबिषयमा वडा अध्यक्ष भोजबहादुर खत्रिले आफुहरु स्थानीयतहमा निर्वाचित हुनु अगाडी नै केहि जग्गा कारोबारीहरुले पैनी कब्जा गरेको बताए । वडाको सार्वजनिक जग्गा कब्जा गर्नलाई कुनैपनि हालतमा नछाड्ने र यस्ता कार्यमा लाग्ने विरुद्ध कानुनी उपचार खोज्ने बताए ।

पालिका वा वडा भित्रका कुनैपनि सार्वजनिक जग्गालाई कब्जा गर्न मिल्दैन , कब्जा गर्न विरुद्ध आफुहरु उभिने बताए ।
निजि जग्गा कब्जा भएको बिषयमा न्यायीक समितिमा उजुरी परेकाले यस बिषयमा जानकारी आएको वडाअध्यक्ष खत्रिले बताए । उनले न्यायीक समितिबाट अहिले वडा कार्यालयमा आएको पत्रको जवाफ पठाउन थालिएको उनले बताए ।

२०७८ भदौ १३ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

वि.सं.२०८३ वैशाख २७ आइतवार २१:३३

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०३

इलाम । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत...

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:४३

काठमाडौं । पश्चिम एसिया (मिडल इस्ट) क्षेत्रमा बढ्दो तनाव र...

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:१२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको...

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५९

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित...