back
himalayan life

जुम्लाका स्थानीय तहमा कुनको कति बेरुजु

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिञ्जा र तिला गाउँपालिकाको बेरुजु महालेखापरीक्षकको कार्यालयले देखाएको छ ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार सिञ्जाको १९ दशमलव ०३ प्रतिशत अर्थात रु १२ करोड ६४ लाख २४ हजार बेरुजु रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सिञ्जापछि तिलाको बेरुजु रकम बढी छ । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार तिला गाउँपालिकाको १३ दशमलव ९१ प्रतिशत अर्थात् रु ११ करोड ७५ लाख ६९ हजार छ । यस्तै चन्दननाथ नगरपालिकाको छ प्रतिशत अर्थात् रु पाँच करोड ६६ लाख ८९ हजार छ ।

कनकासुन्दरी गाउँपालिकाको ५।०१ प्रतिशत अर्थात् रु तीन करोड ३८ लाख १२ हजार, पातारासी गाउँपालिकाको ४।९८ प्रतिशत अर्थात् रु तीन करोड ४८ लाख पाँच हजार बेरुजु देखिएको छ ।

हिमा गाउँपालिकाको १.३१ प्रतिशत अर्थात् ८४ लाख ४३ हजार, गुठीचौर गाउँपालिकाको शून्य दशमलव ८२ प्रतिशत अर्थात् रु ४५ लाख ४९ हजार र तातोपानी गाउँपालिकाको शून्य दशमलव ७३ प्रतिशत अर्थात् ४६ लाख ८५ हजार बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कनकासुन्दरी गाउँपालिकाको रु ६७ करोड ५३ लाख ४६ हजार, गुठीचौरको रु ५५ करोड ४८ लाख १० हजार, तातोपानीको रु ६३ करोड ९३ लाख आठ हजार रकम लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै तिला गाउँपालिकाको रु ८४ करोड ५३ लाख ७८ हजार, पातारासीको रु ६९ करोड ८३ लाख १८ हजार, सिञ्जाको रु ६६ करोड ४४ लाख ३९ हजार, हिमाको रु ६४ करोड ४९ लाख तीन हजार र चन्दननाथ नगरपालिकाको रु ९४ करोड ५५ लाख ५३ हजार रकम लेखापरीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ भदौँ ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...