back
himalayan life

पुजारी हत्याका योजनाकार धरौटीमा छुटे

रौतहट । गएको भदौ ३ गते माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्याका योजनाकार भनिएका शेख नरुल्लाह धरौटीमा छुटका छन ।

कोरोना परिक्षण बिनानै उनलाई जिल्ला अदालत गौरले हाजीर भएकै दिन बयान लिएर पुर्पक्षको लागि २ लाख धरौटी लिएर बाहिर बसेर पुर्पक्षको लागि आदेश गरेको छ । म्याद थपका प्रतिवादीको समेत कोरोना परिक्षण प्रतिवेदन जिल्ला अदालत गौर माग्ने गरेकोमा एक बर्षदेखि फरार रहेका पुजारी हत्याकाण्डका प्रतिवादी देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाहलाई हाजीर भएकै दिन कोरोना परीक्षण बिना नै धरौटी लिएर छाडन आदेश गरेको हो ।

पुजारी श्रीराम साहको हत्याकाण्डमा प्रहरीले सात जना आरोपी लाई प्रतिबादी बनाएपनि फरार रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह भने जिल्ला अदालत गौरमा सुटुक्क हाजिरकै दिन न्यायधिश श्यामबिहारी मौर्यको ईजलासले धरौटी रकममा छाडने आदेश दिएको हो ।

न्यायधीश श्याम बिहारी मौर्यको ईजलासले सोही घटनाका आरोपी देवाही गोनाही नगरपालीका १ करुनियाका ३६ बर्षिय राम नरेश राउत पटेल र २८ बर्षिय बालकुमार पटेल लाई २०७७ कार्तिक १९ गते तत्कालका प्रमाणहरुबाट प्रतिबादीहरु कसुरदार होईनन् भन्न सक्ने अवस्था नरहेकोले पछि प्रमाण बुझदै जादा ठहरे बमोजीम हुने गरि हाल रामनरेश पटेल र बालकुमार पटेललाई मुलुकी फौजदारी कार्य बिधि २०७४ को दफा ६७९१० बमोजिम पूर्पक्षको लागी थुनामा राख्ने आदेश गरेका थिए । हत्याकाण्डमा संलग्न चार जना प्रतिबादी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शिध्दि बिक्रम शाहले बताए ।

पुर्पक्षका लागी कारागार चलान भएका पटेल द्वयले प्रहरी समक्ष शेख नुरुल्लाहकै योजना अनुसार बन्दुक र गोली मगाएर हत्या गरेको बयान दिएका थिए । उनी सहित मस्ताज देवान, रामप्रवेश राउतकुर्मी, मोहम्मद कासिम र राजेन्द्र राउत कुर्मीको समेत संलग्ता भन्दै प्रहरीले प्रतिबादी बनाएको थियो ।

उनीहरु अझै फरार रहेका छन् । प्रहरीको अनुसन्धान पछि जिल्ला न्यायधिवक्ताको कार्यालयले पूजारी साहको हत्या आरोपी सातैजना माथि कर्तव्य ज्यान र संगठित अपराधमा सजाय माग दाबी सहित जिल्ला अदालत गौरमा मुद्धा पेश गरेको थियो । जिल्ला न्यायधिवक्ता शुभाषकुमार भट्टराईले भने जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा ७३ नम्बरमा जाने बताए । अदालतमा हाजिर भएका शेष नरुल्लाहले हत्यामा संलग्नता नरहेको भनेर ईन्कारी बयान दिए पछि धरौटीमा रिहा भएको अदालतका तसलिदार निधिराम दाहालले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...