नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा
वि.सं.२०७८ साउन १२ मंगलवार
काठमाडौँ । सीजी होल्डिङ्स तथा सिजीमोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्ष पदका लागि सामाजिक सन्जालबाट उम्मेद्वारि घोषणा गरेका छन् ।हाल चौधरी नाडाको कार्यसमितिका उपाध्यक्ष हुन् ।
सातै प्रदेशमा विस्तार भइसकेको नाडाको प्रदेश संरचनालाई थप व्यवस्थित र बलियो बनाउन उनले उम्मेदवारी दिएका हुन् । अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार उपलब्ध गराउने व्यवसाय हो ।
सरकार र व्यवसायी दुवैको हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको चौधरी वताउ छन् ।
नीतिगत रूपमै सरकारसँग अटो व्यवसायलाई अगाडि बढाउन सहजीकरण गर्ने उनले जानकारी दिए । कोरोना महामारी र निषेधाज्ञाका कारण अटोमोबाइल व्यवसाय संकटमा परेकाले यसको पुनरुत्थानसँगै यस क्षेत्रमा थप आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनले बताए ।
२०७८ साउन १२ गते प्रकाशित
प्रकाशित समय : ०३:४५ बजे






















