back

महालक्ष्मी विकास बैंकको नाफा ७१.०२ प्रतिशत ले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौँ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा  ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ ।

आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्मको बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७१.०२ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ५६ करोड ३८ लाख रुपैयाँ रहेको छ। यो हिसाब बैंकले १६ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ।

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा ६७.७९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ६० करोड ९९ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ३८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिसम्म बैंकको रिजर्भको आकार पनि ११.१४ प्रतिशतले बढेर १ अर्ब ५९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको रिजर्भमा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।

बैंकको निष्क्रिय कर्जा पनि २.८० प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ। आधार दर भने ९.९५ प्रतिशतबाट घटेर ७.२८ प्रतिशतमा सीमित बनेको छ।

चुक्तापुँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २१.९३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म ईपीएस १३.९५ रुपैयाँ रहेको थियो। पीई रेसियो २०.२९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.७५ रुपैयाँ रहेको छ।

२०७८ साउन ६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:२९

काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र...

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:१२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक समीक्षा र...

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

वि.सं.२०८३ वैशाख १४ सोमवार १७:४४

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्र गम्भीर संरचनात्मक चुनौतीबाट गुज्रिरहेको ठहर...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...