back

सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सेवा

काठमाडौँ । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ। आफ्ना ग्राहकलाई समयसापेक्ष सेवासुविधाहरु दिँदै आएको यस बैंकले कार्डलेस भुक्तानी सेवा सुचारु गरेको छ । सेवा अन्तर्गत रहेर अब ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन्।

यस सेवाअन्तर्गत ग्राहकले आफ्नो Sunrise Smart + (मोबाइल बैंकिङ)  प्रयोग गरी Cardless Withdrawal Option  मा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ। त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ।

सनराइज बैंकको एटीएममा गई Cardless Withdrawal Option रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन्। यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक छ।

नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अवस्थामा पनि मोबाइल बैंकिङ प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिनेछ। सनराइज बैंकले यसअघि पनि मिस्ड कलबाट बत्तीको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ। यो सुविधा ग्राहकले बैंकको देशभरि रहेको १६१ वटा एटीएममार्फत लिन सक्नेछन्।

२०७८ साउन ६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:२९

काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र...

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

‘रेमिट्यान्सको टेको र ऊर्जाको आशा’ : डा. वाग्लेको श्वेतपत्रले देखाएको अर्थतन्त्रको ऐना

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:१२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक समीक्षा र...

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

‘रेन्ट-सिकिङ’ शैली अन्त्य नगरिए अर्थतन्त्र संकटमा : सरकारद्वारा श्वेतपत्र जारी

वि.सं.२०८३ वैशाख १४ सोमवार १७:४४

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्र गम्भीर संरचनात्मक चुनौतीबाट गुज्रिरहेको ठहर...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...