back
Naima

झलनाथले शिलान्यास गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आज प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौँ । राष्ट्रिय गौरबको माथिल्लिो तामाकोशी जलविद्युत आयोजना आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । उद्घाटनसँगै ४५६ मेगावाट मध्ये ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

तामाकोशीमा रहेका ७६–७६ मेगावाटका ६ वटा युनिटबाट भदौ महिनाभित्रै पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजना निर्माणको करिब ११ वर्षपछि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको हो । यसको सुरुमा लागत ३५ अर्ब रुपैयाँ रहेपनि अहिलेसम्म आउँदा ८४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

आयोजनाको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले आयोजना निर्माणमा ढिला हुँदा निर्माणका लागि अनुमान गरेको लागत जति नै बढी खर्च भएको बताएका छन् ।

५ वर्ष अघि विद्युत उत्पादन भएको भए जति विद्युत उत्पादन, खपत हुने थियो त्यो हुन नसकेको नसकेको भन्दै उनले यो चिन्ता समेत व्यक्त गरेका छन् । उनले आयोजनामा नदेखिने गरी धेरै नै नोक्सान भएको र त्यसले नदेखिने गरी निकै घाटा भएको बताएका हुन् । आयोजनाको विलम्बले प्रत्यक्ष र परोक्ष रुपमा असाधारण क्षती पुगेको उनको भनाई थियो ।

आयोजनाको उद्घाटनका क्रममा प्रम ओलीले उपप्रधान तथा उर्जा मन्त्री बिष्णु प्रसाद पौडेलले यो आयोजना सञ्चालनमा आएपछि आर्थिक वृद्धिमा करिब एक प्रतिशत योगदान दिने दाबी समेत गरेका छन् ।

त्यस्तै, आयोजनाको सुरु हुँदा तत्कालिन उर्जा मन्त्री गोकर्ण विष्ट थिए । विष्ट ऊर्जा मन्त्री भएको बेला २०६८ साल जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले उक्त आयोजना शिलान्यास गरेका थिए ।


२०७८ असार २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

वि.सं.२०८३ साउन २५ सोमवार १६:४५

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन...

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३८

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:१५

काठमाडौं । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त...

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

वि.सं.२०८३ साउन ६ बुधवार १८:३१

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट...

अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

वि.सं.२०८३ साउन ३ आइतवार १३:३८

काठमाडौं । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक...