back
skip this gaugauma singhadarbar

नयाँ स्टक एक्सचेन्जको बारेमा छलफल नै भएको छैनः अध्यक्ष ढुंगाना

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि कुनै तयारी नगरेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताएका छन् । अध्यक्ष ढुंगानाले आवस्यकता रहेको भएपनि अहिले तयारी तथा छलफल नै पनि सुरु नभएको बताएका हुन् ।

साथै उनले विभिन्न अनलाइनमा मिडियामा यसरी भ्रमित समाचार प्रसारण गरिएको प्रति आफ्नो ध्यानाकर्षण भएको समेत बताएका छन् । उनले भने ‘नयाँ स्टक एक्सचेन्ज आवश्यक छ तर अहिले यस विषयमा सेबोनमा कुनै किसिमको छलफल भएको छैन ।’

उनले थपे ‘यसरी छलफल नै नभएको अवस्थामा कम्पनीलाई सञ्चालनको अनुमति दिने तयारी भइरहेको भनेर हल्ला फैलाउनु गलत हो, यसरी सेबोनका आधिकारिक व्यक्तिलाई नसोधी प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

अध्यक्ष ढुंगानाले सञ्चार माध्यमले समाचार प्रकाशित गर्दा सत्यतथ्य बुझेरमात्र प्रकाशित गर्न आग्रह समेत गरेका छन् । उनले यस्ता भ्रमित समाचारले बजारलाई नै प्रभाव पार्न सक्ने जनाउँदै आधिकारीक व्यक्तिमार्फत बुझेर समाचार प्रकाशन गर्न आग्रह गरेका हुन् ।

अहिले नेपालमा नेप्सेमा मात्रै सेयर कारोबार हुन्छ। निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज खोल्न अनुमति दिएर बजारलाई प्रतिश्प्रधि बनाउँनुपर्छ भन्ने मागहरु तथा आवाजहरु भने उठ्दै आएका छन् ।

१२ वर्षअघि नै तत्कालिन अध्यक्ष डा.सुरवीरु पौडेलले नयाँ स्टकका लागि आवेदन माग गरेका थिए । सोही अनुसार २०६६ सालमा नै ४ कम्पनीले आवेदन समेत दिएका थिए । नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेन्ज, काठमाडौं स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले वेदन दिएका थिए । यद्यपी आवेदन परेपनि बोर्डले यसको प्रक्रिया अगाडी बढाएन । तर बजारमा भने आवाजहरु उठ्दै आइरेहको छ ।

२०७८ असार २१ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:५९

काठमाडौं । सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष...

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:५४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असोज महिना सम्मको तथ्याङ्क...

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:४९

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको...

३५ उद्योगले तिरे पहिलो किस्ता डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता, कसले कति तिरे ? (लिस्टसहित)

३५ उद्योगले तिरे पहिलो किस्ता डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता, कसले कति तिरे ? (लिस्टसहित)

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १६:०३

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट...

साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२८

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ, लगानीको वातावरण बनाउनु पर्छ : गभर्नर पौडेल

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ, लगानीको वातावरण बनाउनु पर्छ : गभर्नर पौडेल

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पैसा धेरै...