back

नयाँ स्टक एक्सचेन्जको बारेमा छलफल नै भएको छैनः अध्यक्ष ढुंगाना

nactional life

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि कुनै तयारी नगरेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताएका छन् । अध्यक्ष ढुंगानाले आवस्यकता रहेको भएपनि अहिले तयारी तथा छलफल नै पनि सुरु नभएको बताएका हुन् ।

साथै उनले विभिन्न अनलाइनमा मिडियामा यसरी भ्रमित समाचार प्रसारण गरिएको प्रति आफ्नो ध्यानाकर्षण भएको समेत बताएका छन् । उनले भने ‘नयाँ स्टक एक्सचेन्ज आवश्यक छ तर अहिले यस विषयमा सेबोनमा कुनै किसिमको छलफल भएको छैन ।’

उनले थपे ‘यसरी छलफल नै नभएको अवस्थामा कम्पनीलाई सञ्चालनको अनुमति दिने तयारी भइरहेको भनेर हल्ला फैलाउनु गलत हो, यसरी सेबोनका आधिकारिक व्यक्तिलाई नसोधी प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

अध्यक्ष ढुंगानाले सञ्चार माध्यमले समाचार प्रकाशित गर्दा सत्यतथ्य बुझेरमात्र प्रकाशित गर्न आग्रह समेत गरेका छन् । उनले यस्ता भ्रमित समाचारले बजारलाई नै प्रभाव पार्न सक्ने जनाउँदै आधिकारीक व्यक्तिमार्फत बुझेर समाचार प्रकाशन गर्न आग्रह गरेका हुन् ।

अहिले नेपालमा नेप्सेमा मात्रै सेयर कारोबार हुन्छ। निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज खोल्न अनुमति दिएर बजारलाई प्रतिश्प्रधि बनाउँनुपर्छ भन्ने मागहरु तथा आवाजहरु भने उठ्दै आएका छन् ।

१२ वर्षअघि नै तत्कालिन अध्यक्ष डा.सुरवीरु पौडेलले नयाँ स्टकका लागि आवेदन माग गरेका थिए । सोही अनुसार २०६६ सालमा नै ४ कम्पनीले आवेदन समेत दिएका थिए । नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेन्ज, काठमाडौं स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले वेदन दिएका थिए । यद्यपी आवेदन परेपनि बोर्डले यसको प्रक्रिया अगाडी बढाएन । तर बजारमा भने आवाजहरु उठ्दै आइरेहको छ ।

२०७८ असार २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...