back
himalayan life

एनआईसी एशिया सेलेक्ट–३० फन्डका इकाइहरु आजबाट बिक्री सुरु

काठमाडौँ । एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित १ अर्ब रुपैयाँबराबरको ‘एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड)’ आजबाट बिक्री खुला भएको छ ।

योजना व्यवस्थाको रुपमा रहेको एनआईसी एशिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको यो इन्डेक्स फन्डका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरेको हो । कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो योजनाको निष्कासन छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बैंकिङ समयपछि बन्द गरिनेछ।
लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्।सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

यो इन्डेक्स फन्ड ७ वर्ष अवधि रहेको तेस्रो बन्दमुखी योजना हो।

यस योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने क्यापिटलले जनाएको छ। यस योजनाको प्रमुख विषेशता भनेको सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरुमध्ये ३० वटा कम्पनीहरु छनौट गरी लगानी गरिने क्यापिटलले स्पष्ट पारेको छ।

लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटरअनुसार गरिने बताइएको छ। सोहीअनुसार कम्पनीको छनौट गर्दा धितोपत्रको दोस्रो बजारमा सूचीकृत सम्पूर्ण समूह तथा उपसमूहमा समावेश भएका कम्पनीहरुबाट समेत छनौट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेन्जमा कायम गरेको सम्पूर्ण समूह तथा उप–समूहको प्रतिनिधित्व गर्ने भएकोले एनआईसी एशिया सेलेक्ट–३० फन्डलाई इन्डेक्स फन्ड भनिएको क्यापिटलले जनाएको छ।

विशेषतः सूचीकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भए पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुन सक्नेछ र निश्चित समयपछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मूल्यांककन गरी ३० भन्दा बढी नहुने गरी कायम गरिने बताइएको छ।

हाल एनआईसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना सञ्चालन गरिहेको छ।

२०७८ असार १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

वि.सं.२०८३ असार १८ बिहीवार २०:२५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

वि.सं.२०८३ असार १६ मंगलवार १५:५८

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

वि.सं.२०८३ असार १५ सोमवार १६:५७

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरूका लागि एउटा ठूलो राहतको खबर...