back

राष्ट्रिय सहकारी महासंघले बनायो १० वर्षे रणनीतिक योजना

काठमाडौँ – राष्ट्रिय सहकारी महासंघले १० वर्षे रणनीतिक योजना बनायो छ ।

काठमाडौंस्थित चन्दागिरीमा यहि चैत २ देखि ४ गतेसम्म भएको रणनीतिक योजना तर्जुमा कार्यशालाले दिगो एवं मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघ भन्ने ध्येय तय गरेको हो ।

कार्यशाला गोष्ठीमा पूर्व अर्थ सचिव रामेश्वर खनाल, मास्टर चेतना कोच इन्द्र गुरुङ, मनोपरामर्शदाता राजेश्वरी श्रेष्ठ र सहकारी प्रशिक्षक केशव पोखरेलले सहजीकरण गर्नुभएको थियो ।पूर्व अर्थ सचिव खनालले समयमा नै रणनीति तय गर्न सकियो भने यसले ल्याउने प्रतिफल राम्रो हुने बताउनुभयो । उहाँले सबैले स्वामित्व ग्रहण हुने गरी योजना तर्जुमा गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो । गोष्ठीमा महासंघका संचालक समिति, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु तथा कर्मचारीको सहभागीता रहेको थियो ।महासंघका अध्यक्ष मिनराज कडेँलले १० वर्षे रणनीति योजना प्राप्ति गर्न सकेको खण्डमा सहकारी अभियानमा ठूलो उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले असल मनसायका साथसहि निर्णय भएकाले सहकारी अभियानका लागि यो रणनीति योजना कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

अभियानलाई माथि उठान र महासंघलाई आत्मनिर्भर बनाउनका लागि रणनीतिक योजना फोकस भएको उहाँको बुझाइ छ । सहज वातावरण निर्माण, स्वनियमन र सुशासन, सवल सदस्य संघहरुको निर्माण, व्यावसायीक तथा आत्मनिर्भर महासंघ, सरोकारवालाबीच सुमधुर सम्बन्धलाई प्रमुख आधार बनाएर रणनीतिक योजनाको पहिलो ड्राफ तयार भएको महासंघले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...