back
nactional

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुने भएको छ।मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा प्रदर्शनी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ। विद्युत्, ऊर्जा, इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रका नवीनतम उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शनीमा राखिनेछन्।

ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, वायर तथा केबल, कन्डक्टर, स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय सामग्री, सञ्चार तथा सूचना प्रविधि, वैकल्पिक ऊर्जा प्रणालीलगायतका उत्पादन प्रदर्शनीमा रहनेछन्।नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षता तथा विद्युतीय पूर्वाधार विकासमा प्रदर्शनीले योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

प्रदर्शनीमा उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर तथा प्रविधिकर्मीबीच व्यावसायिक सहकार्य, प्रविधि आदानप्रदान र नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।आयोजकका अनुसार प्रदर्शनीमा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ।नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एशोसिएसन, सीन तथा इप्पानलगायतका संस्थाहरू प्रदर्शनीका सहयोगी रहेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८३ भदौ ४ बिहीवार १८:००

काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ...

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:००

काठमाडौं । बर्जर पेन्ट्स नेपालले चाडपर्वलाई लक्षित गर्दै लोकप्रिय उपभोक्ता...

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२९

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

वि.सं.२०८३ भदौ ३ बुधवार १६:२१

काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...