नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण
वि.सं.२०८३ भदौ २ मंगलवार
काठमाडौँ । बैद्य इनर्जी प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित एथर नेपाल (Ather Nepal) ले हालै सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२६ (NAIMA Mobility Expo 2026) मा ५०० भन्दा बढी इलेक्ट्रिकल स्कुटरको बुकिङ प्राप्त गर्दै ठूलो व्यावसायिक सफलता हासिल गरेको छ। भदौ २६ देखि ३१ गते (अगस्ट ११ देखि १६, २०२६) सम्म छ दिनसम्म सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा एथरका नयाँ विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि र कम्पनीले निर्माण गरेको मजबुत ओनरसिप इकोसिस्टमप्रति नेपाली ग्राहकले निकै उत्साहजनक आकर्षण र भरोसा देखाएका छन्।
कम्पनीका अनुसार यो ठूलो उपलब्धि कुनै तत्कालीन आकर्षक अफर वा छुट योजनाका कारण मात्र नभई ग्राहकको विश्वास, भरपर्दो ब्याट्री ग्यारेन्टी, सहज सर्भिस पहुँच, नेपालभर विस्तार भइरहेको चार्जिङ पूर्वाधार र व्यावहारिक प्रविधिमा एथर नेपालले निरन्तर गर्दै आएको लगानीको प्रतिफल हो। पछिल्लो समय विद्युतीय सवारीसाधन खरिद गर्दा ग्राहकले केवल स्कुटरको मोडल मात्र नहेरी त्यसपछिको सर्भिस र चार्जिङको सुविधालाई मुख्य प्राथमिकतामा राख्न थालेका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै एथरले ‘एथर एस्योरेन्स’ (Ather Assurance) लाई नेपालभर थप सुदृढ बनाउँदै लगेको छ।
कम्पनीले ‘एट८० वारन्टी’ (Eight70 Warranty) अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८०,००० किलोमिटरसम्मको दीर्घकालीन वारन्टी प्रदान गर्दै आएको छ। लागू हुने सर्तअनुसार ब्याट्रीको स्वास्थ्य (Battery Health) कम्तीमा ७० प्रतिशत कायम रहने ग्यारेन्टीसमेत समावेश गरिएकाले विद्युतीय सवारी खरिदकर्तामा रहने ब्याट्रीको टिकाउपनसम्बन्धी दीर्घकालीन चिन्ता समाधान भएको छ। यसका अतिरिक्त, नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड (Fast Charging Grid) सञ्चालनमा आइसकेका छन्, जसले शोरुमको खरिद अनुभवलाई दैनिक प्रयोग र दीर्घकालीन स्वामित्वसम्म जोड्ने काम गरेको छ।
प्रदर्शनीमा सार्वजनिक गरिएको नयाँ ‘एथर ४५० ओभरटोन सिरिज’ (Ather 450 Overtone Series) ले ग्राहकको विशेष ध्यान खिच्न सफल भयो। थ्रोटललाई उल्टो मोडेर सजिलै रिजेनेरेटिभ ब्रेक नियन्त्रण गर्ने ‘म्याजिक ट्विस्ट’ (Magic Twist), लामो दूरीको यात्रा सहज बनाउने ‘इन्फिनिट क्रुज’ (Infinite Cruise) र भ्वाइस-बेस्ड इन्टर्याक्सनबाट स्कुटर सञ्चालन गर्न सकिने ‘भ्वाइस अन एथर’ (Voice on Ather) जस्ता अत्याधुनिक फिचरहरूले एथरलाई केवल स्कुटर मात्र नभई एउटा आधुनिक टेक्नोलोजी प्लेटफर्मका रूपमा स्थापित गराएका छन्।
नाइमा मोबिलिटी एक्सपोमा प्राप्त ५०० भन्दा बढी बुकिङले नेपाली ग्राहक अल्पकालीन छुटभन्दा पनि दीर्घकालीन भरोसा, उत्कृष्ट ब्याट्री एस्योरेन्स र प्रभावकारी सर्भिस नेटवर्कतर्फ आकर्षित भएको स्पष्ट पारेको छ। एथर नेपालले आफ्ना उपभोक्ताका लागि नेपालमा प्रविधि, विश्वसनीयता र ग्राहक सुरक्षालाई केन्द्रमा राखेर विद्युतीय मोबिलिटी इकोसिस्टमलाई अझ सहज, व्यावहारिक र पहुँचयोग्य बनाउँदै लैजाने प्रतिबद्धता दोहोर्याएको छ।
बैद्य इनर्जी प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित एथर नेपाल (Ather Nepal) ले हालै सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२६ (NAIMA Mobility Expo 2026) मा ५०० भन्दा बढी इलेक्ट्रिकल स्कुटरको बुकिङ प्राप्त गर्दै ठूलो व्यावसायिक सफलता हासिल गरेको छ। भदौ २६ देखि ३१ गते (अगस्ट ११ देखि १६, २०२६) सम्म छ दिनसम्म सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा एथरका नयाँ विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि र कम्पनीले निर्माण गरेको मजबुत ओनरसिप इकोसिस्टमप्रति नेपाली ग्राहकले निकै उत्साहजनक आकर्षण र भरोसा देखाएका छन्।
कम्पनीका अनुसार यो ठूलो उपलब्धि कुनै तत्कालीन आकर्षक अफर वा छुट योजनाका कारण मात्र नभई ग्राहकको विश्वास, भरपर्दो ब्याट्री ग्यारेन्टी, सहज सर्भिस पहुँच, नेपालभर विस्तार भइरहेको चार्जिङ पूर्वाधार र व्यावहारिक प्रविधिमा एथर नेपालले निरन्तर गर्दै आएको लगानीको प्रतिफल हो। पछिल्लो समय विद्युतीय सवारीसाधन खरिद गर्दा ग्राहकले केवल स्कुटरको मोडल मात्र नहेरी त्यसपछिको सर्भिस र चार्जिङको सुविधालाई मुख्य प्राथमिकतामा राख्न थालेका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै एथरले ‘एथर एस्योरेन्स’ (Ather Assurance) लाई नेपालभर थप सुदृढ बनाउँदै लगेको छ।
कम्पनीले ‘एट८० वारन्टी’ (Eight70 Warranty) अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८०,००० किलोमिटरसम्मको दीर्घकालीन वारन्टी प्रदान गर्दै आएको छ। लागू हुने सर्तअनुसार ब्याट्रीको स्वास्थ्य (Battery Health) कम्तीमा ७० प्रतिशत कायम रहने ग्यारेन्टीसमेत समावेश गरिएकाले विद्युतीय सवारी खरिदकर्तामा रहने ब्याट्रीको टिकाउपनसम्बन्धी दीर्घकालीन चिन्ता समाधान भएको छ। यसका अतिरिक्त, नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड (Fast Charging Grid) सञ्चालनमा आइसकेका छन्, जसले शोरुमको खरिद अनुभवलाई दैनिक प्रयोग र दीर्घकालीन स्वामित्वसम्म जोड्ने काम गरेको छ।
प्रदर्शनीमा सार्वजनिक गरिएको नयाँ ‘एथर ४५० ओभरटोन सिरिज’ (Ather 450 Overtone Series) ले ग्राहकको विशेष ध्यान खिच्न सफल भयो। थ्रोटललाई उल्टो मोडेर सजिलै रिजेनेरेटिभ ब्रेक नियन्त्रण गर्ने ‘म्याजिक ट्विस्ट’ (Magic Twist), लामो दूरीको यात्रा सहज बनाउने ‘इन्फिनिट क्रुज’ (Infinite Cruise) र भ्वाइस-बेस्ड इन्टर्याक्सनबाट स्कुटर सञ्चालन गर्न सकिने ‘भ्वाइस अन एथर’ (Voice on Ather) जस्ता अत्याधुनिक फिचरहरूले एथरलाई केवल स्कुटर मात्र नभई एउटा आधुनिक टेक्नोलोजी प्लेटफर्मका रूपमा स्थापित गराएका छन्।
नाइमा मोबिलिटी एक्सपोमा प्राप्त ५०० भन्दा बढी बुकिङले नेपाली ग्राहक अल्पकालीन छुटभन्दा पनि दीर्घकालीन भरोसा, उत्कृष्ट ब्याट्री एस्योरेन्स र प्रभावकारी सर्भिस नेटवर्कतर्फ आकर्षित भएको स्पष्ट पारेको छ। एथर नेपालले आफ्ना उपभोक्ताका लागि नेपालमा प्रविधि, विश्वसनीयता र ग्राहक सुरक्षालाई केन्द्रमा राखेर विद्युतीय मोबिलिटी इकोसिस्टमलाई अझ सहज, व्यावहारिक र पहुँचयोग्य बनाउँदै लैजाने प्रतिबद्धता दोहोर्याएको छ।
प्रकाशित समय : १२:०३ बजे