back
nactional

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ अन्तर्गतको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ।

ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा क्लब योजनाअन्तर्गत सफलता हासिल गरेका देशभरका बीमा सल्लाहकारहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो।

कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज के.सी. तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो।

अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारहरूलाई बधाई दिँदै कम्पनीप्रति देखाएको विश्वास र व्यवसाय वृद्धिमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत पाण्डेले बीमा सल्लाहकार कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै आगामी दिनमा पनि उनीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताए।

कम्पनीले गोधूली, पृथ्वी, अग्नी, आकाश, ग्यालेक्सी र कसमस क्लबमार्फत अभिकर्ताहरूका लागि विभिन्न प्रोत्साहन योजना सञ्चालन गरेको छ। कार्यक्रममा क्लबका सदस्यहरू तथा वैयक्तिक कोड र टिम व्यवसायतर्फ उत्कृष्ट तीन स्थान हासिल गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन्। चर्चित कलाकारहरू महेश काफ्ले, अस्मिता अधिकारी, मिस पबी र सुन्दर खनालका प्रस्तुतिका साथै नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

सानिमा रिलायन्स लाइफले हाल देशभर १६९ शाखामार्फत सेवा दिँदै आएको छ। कम्पनीका अनुसार ५ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी, २७ अर्ब रुपैयाँभन्दा बढी लगानी तथा १७ हजारभन्दा बढी सक्रिय अभिकर्ता रहेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...