back
himalayan life

मेलम्ची आयोजनाको लेवर क्याम्प बाढीले बगायो, कामदारको जानकारी आउन बाँकी

काठमाडौं । मेलम्चीमा हिजोदेखि आएको पहिरोले मेलम्ची खानेपानी आयोजनाको क्याम्पमा समेत क्षति पुगेको छ । अविरल वर्षाका कारण आएको बाढीपहिरोले आयोजनाको संरचना सुरक्षित रहेपनि क्याम्पमा भने क्षति गरेको हो ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तका अनुसार हेलम्बु गाउँपालिका–१ आम्बाथाङमा रहेको मेलम्ची खानेपानी आयोजनाभन्दा केही तल रहेको क्याम्प बाढीले बगाएको छ। यद्यपी खानेपानीको मुहानमा रहेको हेडवर्क्समा बाढी पस्यो तापनि संरचनामा अहिलेसम्मको अवस्था हेर्दा सुरक्षित रहेको उनको भनाई छ ।

उनले भने ‘हेडवक्र्स निर्माण गरिरहेका कामदार बस्ने क्याम्प बगाएको छ, कामदारको अवस्थाबारे जानकारी अझै आएको भने छैन ।’ तर, क्याम्पभित्र हताहति भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

प्रवक्ता पन्तले भने, हेडवर्क्सका संरचनाहरू सबै पानीले डुबाएको छ । सरंचनाहरू पानीमुनि देखिन्छन् । तर क्षति देखिएको छैन अहिलेसम्म । पानी कम भएपछि मात्रै एकिन भन्न सकिन्छ ।’

उनले भने ‘सडक अवरुद्ध भएका कारण उक्त स्थानमा जान सम्भव नभएपनि, खानेपानीको मुहानको गेट बन्द गरिएकाले सुरुङ सुरक्षित छ ।’

२०७८ असार २ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

वि.सं.२०८३ असार १७ बुधवार १८:०८

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका...