back
Naima

अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ्ग मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपर मुद्दा दायर भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले मिति २०८३ श्रावण २८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाबाट बैंकको नियमित बैंकिङ्ग कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि किसिमको अवरोध सिर्जना नभएको स्पष्ट पारेको छ
बैंकको शीर्ष नेतृत्व तथा व्यवस्थापन यथावत रहेको र संस्थाको सबलता, समग्र ग्राहकवर्गको हित एवं समग्र बैंकिङ्ग प्रणालीको स्थायित्वलाई मुख्य केन्द्रमा राखेर सम्पूर्ण बैंकिङ्ग सेवा तथा गतिविधिहरू पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्वाध रूपमा सञ्चालन भइरहनेमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूलाई पूर्ण विश्वस्त गराएको छ
यसैगरी बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र मुलुकको वित्तीय स्थायित्व कायम राख्नका लागि सम्बन्धित सम्पूर्ण निकायहरूबाट आवश्यक समन्वय तथा सहयोगको अपेक्षा गर्दै बैंकले सो सम्बन्धी हार्दिक अनुरोध समेत गरेको छ
बैंकका विषयमा बजारमा आएका अपुष्ट सूचना, भ्रामक हल्ला तथा अनुमानका आधारमा कुनै पनि धारणा नबनाई आधिकारिक सूचना र माध्यमलाई मात्र आधार बनाउन बैंकले समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी महानुभावहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा विशेष आग्रह गरेको छ। साथै बैंकले आफ्ना ग्राहक तथा लगानीकर्ताहरूबाट निरन्तर प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै निरन्तर सहयोगको अपेक्षा राखेको छ
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

नाफासँगै घट्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो...

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य बढ्यो

वि.सं.२०८३ साउन २८ बिहीवार १४:३७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

एलआईसी नेपालको नाफामा छलाङ, खुद नाफा २८ प्रतिशतभन्दा बढीले वृद्धि

वि.सं.२०८३ साउन २८ बिहीवार १०:३८

काठमाडौँ । जीवन बीमाको क्षेत्रमा लामो समयदेखि सक्रिय लाइफ इन्स्योरेन्स...

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

पुनर्बीमा निर्देशिकामा चौथो संशोधन: स्वदेशी पुनर्बीमकलाई ३०% हिस्सा अनिवार्य, जोखिम धारण र रेटिङमा कडा मापदण्ड

वि.सं.२०८३ साउन २७ बुधवार १९:३७

काठमाडौं । नेपालको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

वि.सं.२०८३ साउन २७ बुधवार १९:१८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मा...

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:४१

काठमाडौँ। नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा...