back

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरा । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि.मार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको पूर्ण थ्री-एस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा उपलब्ध भएको छ।

सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्। गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई सहज, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए। अब भने ग्राहकले बीवाईडीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्नेछन्।

साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडीको सवारी बिक्री ग्राहकसँगको सम्बन्धको सुरुवात मात्र भएको बताए। उनका अनुसार ग्राहकको सम्पूर्ण स्वामित्व अवधिभर उत्कृष्ट सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता रहेको छ।

करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको नयाँ सर्भिस सेन्टर विशेषगरी विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको हो। यहाँ चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई-भोल्टेज प्रणालीका लागि विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज तथा डेडिकेटेड भेइकल वासिङ बेको सुविधा छ।

सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ। यसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै बिक्रीपछिको सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

ग्राहकले नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्सलगायतका सेवा प्राप्त गर्न सक्नेछन्। साथै, डेडिकेटेड सर्भिस एडभाइजर तथा सीआरएम टोलीमार्फत ग्राहक सेवा पनि उपलब्ध हुनेछ।

नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई बीवाईडीको बिक्रीपछिको सेवा सञ्जाल विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताका विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरिरहेको बीवाईडीले सेवा पूर्वाधार विस्तारलाई पनि प्राथमिकता दिएको देखिन्छ।

पोखरामा पूर्ण थ्री–एस सुविधा सञ्चालनमा आएसँगै गण्डकी प्रदेशका बीवाईडी ग्राहकले बिक्रीदेखि बिक्रीपछिको सेवासम्म एउटै आधिकारिक सञ्जालबाट सुविधा प्राप्त गर्ने भएका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

वि.सं.२०८३ साउन २४ आइतवार १२:०५

काठमाडौं । नेपाली बजारमा टीभीएसको पावरफुल प्रिमियम स्कुटर एनटर्क १५०...

लीपमोटर ‘बी ०३ एक्स’ मासिक ४० हजार किस्तामै किन्न सकिने

लीपमोटर ‘बी ०३ एक्स’ मासिक ४० हजार किस्तामै किन्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १२:००

काठमाडौं । नेपाली बजारमा एकपछि अर्को नयाँ विद्युतीय कार आइरहेका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

वि.सं.२०८३ साउन २४ आइतवार १०:१५

काठमाडौं । नेपाली बजारमा लोकप्रिय टाटा पन्च ईभी अब ठूलो ब्याट्री...

जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै

जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै

वि.सं.२०८३ साउन २४ आइतवार १०:१२

काठमाडौं। चिनियाँ अटो जायन्ट जिली र जर्मन लक्जरी ब्रान्ड मर्सिडिज...

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १०:०५

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले चीनको प्रतिष्ठित अटो...