back

जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै

काठमाडौं। चिनियाँ अटो जायन्ट जिली र जर्मन लक्जरी ब्रान्ड मर्सिडिज बेन्जको संयुक्त पहलमा नयाँ माइक्रो ईभी आउने भएको छ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको नयाँ सवारी साधन फाइलिङ विवरण अनुसार यी दुई अटो उत्पादकको सहकार्यमा निर्मित दुई सिटे माइक्रो विद्युतीय कार ‘स्मार्ट ३२’ को आधिकारिक विवरण बाहिर आएको हो ।

सहरी यात्रालाई सहज बनाउने उद्देश्यले डिजाइन गरिएको यो कार दुईवटा २,७५१ एमएम र २,७६४ एमएमको लम्बाई विकल्पमा उपलब्ध हुनेछ ।

दुवै संस्करणको चौडाइ १,६६९ एमएम, उचाइ १,५५५ एमएम र ह्विलबेस १,८७५ एमएम रहेको छ । १,१३० किलोग्राम तौल रहेको यस कारको अधिकतम गति प्रतिघण्टा १४० किलोमिटरसम्म रहेको छ ।

इन्फिमोसन कम्पनीले विकास गरेको ६० किलोवाट (८० हर्सपावर) क्षमताको मोटर रहेको यस कारमा सीएटीएलद्वारा निर्मित ३५.७ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्रयोग गरिएको छ । यस ब्याट्रीले डब्लुएलटीपी मापदण्ड अनुसार एकपटकको पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

सुरक्षाका लागि कारमा एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) र इभेन्ट डेटा रेकर्डर (ईडीआर) जस्ता सुविधाहरू समावेश गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

नाइमा मोबिलिटी एक्स्पोमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

वि.सं.२०८३ साउन २४ आइतवार १२:०५

काठमाडौं । नेपाली बजारमा टीभीएसको पावरफुल प्रिमियम स्कुटर एनटर्क १५०...

लीपमोटर ‘बी ०३ एक्स’ मासिक ४० हजार किस्तामै किन्न सकिने

लीपमोटर ‘बी ०३ एक्स’ मासिक ४० हजार किस्तामै किन्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १२:००

काठमाडौं । नेपाली बजारमा एकपछि अर्को नयाँ विद्युतीय कार आइरहेका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

वि.सं.२०८३ साउन २४ आइतवार १०:१८

पोखरा । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

वि.सं.२०८३ साउन २४ आइतवार १०:१५

काठमाडौं । नेपाली बजारमा लोकप्रिय टाटा पन्च ईभी अब ठूलो ब्याट्री...

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १०:०५

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले चीनको प्रतिष्ठित अटो...