back

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक पदमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वनायब कार्यकारी निर्देशक तथा पूर्वनिमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

विगत लामो समयदेखि निगमको आन्तरिक व्यवस्थापन, इन्धन आपूर्ति प्रणाली र रणनीतिक योजनाहरूमा सक्रिय रहँदै आएका साहलाई निगमको नेतृत्व सुम्पिएसँगै संस्थाले एक अनुभवी प्रशासनिक अधिकारी पाएको छ। तत्कालीन कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले गत वैशाख ३० गते आफ्नो पदबाट राजीनामा दिएपछि निगमको शीर्ष नेतृत्व पद रिक्त रहँदै आएको थियो।

रिक्त पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले असार १ गतेको निर्णयानुसार असार २ गते खुला प्रतिस्पर्धात्मक आवेदनका लागि औपचारिक सूचना प्रकाशन गरेको थियो। समितिले परेका आवेदनहरू मध्येबाट योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गरी अन्तिम ६ जनाको सङ्क्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको थियो, जसमा नागेन्द्र साह पनि समावेश थिए। अन्तिम प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू मध्येबाट मन्त्रिपरिषद्ले साहको कार्यअनुभव र निगमप्रतिको पकडलाई प्राथमिकता दिँदै उनलाई चार वर्षका लागि कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो।

नवनियुक्त कार्यकारी निर्देशक साहका सामु पेट्रोलियम पदार्थको सहज आपूर्ति, भण्डारण क्षमता अभिवृद्धि, स्वचालित मूल्य प्रणालीको पारदर्शी कार्यान्वयन तथा संस्थागत सुधारका विभिन्न चुनौतीहरू रहेका छन्। निगमभित्रै लामो प्रशासनिक अनुभव हासिल गरिसकेका कारण साहको नेतृत्वमा संस्थाले आपूर्ति व्यवस्थापनलाई थप सुदृढ र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाट्टा निर्वाचन: काभ्रेली युवा व्यवसायी दिनेश मैनाली सदस्य पदका बलियो दाबेदार

नाट्टा निर्वाचन: काभ्रेली युवा व्यवसायी दिनेश मैनाली सदस्य पदका बलियो दाबेदार

वि.सं.२०८३ साउन २१ बिहीवार १४:५१

काठमाडौं । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)...

नेपाली उपभोक्ताको बदलिँदो सोच ‘सीजी डिजिटल’

नेपाली उपभोक्ताको बदलिँदो सोच ‘सीजी डिजिटल’

वि.सं.२०८३ साउन २१ बिहीवार १२:३६

काठमाडौं । केही वर्षअघिसम्म घरका लागि टेलिभिजन, रेफ्रिजरेटर वा वासिङ...

कालिन्चोक दर्शनको खुद नाफा १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि ठूलो फड्को

कालिन्चोक दर्शनको खुद नाफा १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि ठूलो फड्को

वि.सं.२०८३ साउन २१ बिहीवार १२:००

दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल कालिन्चोकमा केवलकार...

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१९

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...