back

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्म आइपुग्दा एभरेस्ट बैंकले आफ्नो वित्तीय आधारलाई थप मजबुत बनाउँदै खुद नाफामा निरन्तरता दिएको छ। गत असार मसान्तसम्मको विवरण अनुसार बैंकले आफ्नो खुद नाफालाई अघिल्लो वर्षको तुलनामा पौने पाँच प्रतिशतले बढाएर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँभन्दा माथि पुर्‍याएको छ। अघिल्लो वर्ष ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ रहेको नाफामा आएको यो सुधारले बैंकको मुनाफा कमाउने क्षमता अझै तङ्ग्रिँदै गएको देखाउँछ।

व्यवसायको मुख्य खम्बा मानिने खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको ९ अर्ब १० करोड २३ लाख रुपैयाँको तुलनामा सामान्य बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ।

यस्तै, बैंकले सेवा शुल्क तथा कमिसनबाट २ अर्ब २० करोड ७८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ भने गैर-ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्जमा आएको सुधारका कारण कुल सञ्चालन आम्दानी ११ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि १.८८ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

निक्षेप संकलन र कर्जा विस्तारतर्फ पनि बैंकको उपस्थिति फराकिलो बनेको छ। बैंकले ग्राहकहरूबाट ३ खर्ब १६ करोड ८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष २ खर्ब ९८ अर्ब ८१ करोड निक्षेप र २ खर्ब १३ अर्ब ४८ करोड कर्जा रहेकोमा बैंकले दुवैतर्फ सन्तुलित वृद्धि हासिल गरेको छ।

बैंकको यो प्रगतिले सेयरधनीहरूका लागि लाभांश बाँड्ने क्षमतालाई समेत निकै लोभलाग्दो बनाएको छ। नियामक निकायका विभिन्न कोष र प्राविधिक व्यवस्थापनपछि बैंकसँग ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँभन्दा बढी रकम कुल वितरणयोग्य मुनाफाका रूपमा सुरक्षित छ। यसमध्ये समीक्षा वर्षको नाफाबाट मात्रै २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ लाभांशका लागि उपलब्ध छ, जसले सेयरधनीहरूलाई आकर्षक प्रतिफल दिन सक्ने बलियो आधार खडा गरेको छ।

सेयरधनीहरूको सम्पत्तिको हिसाबमा पनि बैंक मजबुत देखिन्छ। १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँचि रहेको बैंकको जगेडा कोष (रिजर्भ) १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ४७ पैसाको उच्च विन्दुमा छ।

अहिलेको समग्र बैंकिङ क्षेत्रमा खराब कर्जाको चुनौती कायमै रहँदा एभरेस्ट बैंकले भने आफ्नो कर्जाको गुणस्तरलाई निकै सुरक्षित घेराभित्र राख्न सफल भएको छ। अघिल्लो वर्ष ०.३८ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेर ०.४९ प्रतिशत पुगे तापनि यो समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा न्यून र सुरक्षित मानिन्छ।

उता बैंकको आधार दर (बेस रेट) घटेर ४.२३ प्रतिशत र स्प्रेड रेट ३.०५ प्रतिशतमा झरेकाले ग्राहकका लागि कर्जा थप सस्तो बनेको छ। साथै, बैंकको पुँजी कोष पर्याप्तता अनुपात १२.२३ प्रतिशत कायम रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३७

काठमाडौँ। राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३४

काठमाडौँ। नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा करिव...

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:२७

काठमाडौँ। बैंकिङ क्षेत्रमा आफ्नो व्यावसायिक दायरालाई तीव्र रूपमा विस्तार गरिरहेको...

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२५

काठमाडौँ । चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १२:१६

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...