back

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

लगानी र प्रतिफलको सुरक्षामा सरकार प्रतिबद्ध

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा निरन्तर र गहिरो समन्वय भइरहेको दाबी गर्दै बजारमा फैलाइएका नकारात्मक अफवाहको पछि नलाग्न निजी क्षेत्रका उद्यमी-व्यवसायीहरूलाई आग्रह गरेका छन्।

मंगलवार अर्थ मन्त्रालयमा आयोजित उद्यमीहरूसँगको छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले यस्तो स्पष्टीकरण दिएका हुन्। केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेका लगातारका छलफलहरूमा अर्थमन्त्रीको अनुपस्थितिलाई लिएर सञ्चारमाध्यम र बजारमा ‘प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बेवास्ता गरेको’ भन्दै विभिन्न समाचारहरू प्रकाशित भएका थिए। सोही विषयमा स्पष्ट पार्दै उनले बाहिर चलेका चर्चा सत्य नभएको बताए।

‘नो फिल्टर’ संवादका लागि सल्लाह अनुसार नै अनुपस्थित

छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्री र व्यवसायीहरूबीच कुनै मध्यस्थता बिना नै सीधा संवाद होस् भन्ने उद्देश्यले आफूहरूबीचकै सल्लाह अनुसार नै कार्यक्रमहरू तय गरिएको खुलासा गरे।

“बजारमा एउटा मसला बनेको छ— अर्थमन्त्री देखिएन भन्ने। यो सोझै सम्माननीयज्यूसँग यहाँहरूको प्रत्यक्ष ’नो फिल्टर’ र ’नो इन्टरमिडियसन’ संवाद होस् भन्ने व्यवसायी र प्रधानमन्त्रीज्यूको चाहना पनि हो,” मन्त्री वाग्लेले भने, “हामीले यो काम सल्लाहमा नै गरेका हौँ। प्रधानमन्त्रीज्यू आफै पनि सार्वजनिक कार्यक्रममा धेरै नदेखिने स्वभावको हुनुहुन्छ।”

प्रधानमन्त्रीको तहबाट आर्थिक मुद्दामा लामो समयपछिकै गहिरो चासो

प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक मुद्दाहरूलाई अत्यन्त गम्भीरताका साथ लिएको दाबी गर्दै अर्थमन्त्रीले प्रत्येक मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीसँग छुट्टै गहन छलफल हुने गरेको जानकारी दिए।

व्यवसायीहरूले उठाएका समस्याबारे प्रधानमन्त्री शाह स्वयंले तत्काल आफू र सम्बन्धित मन्त्रीहरूलाई फोन गरेर ‘फलोअप’ गर्ने गरेको मन्त्री वाग्लेको भनाइ थियो।

“व्यवसायीहरूले उठाएका प्रधान मुद्दाहरूमा उहाँले सिधै हामीलाई फोन गरेर ‘यो यस्तो रहेछ नि, फलानो वस्तुको दर यस्तो रहेछ नि’ भनेर डिटेलमा बुझ्नुहुन्छ। यति क्लोज कोर्डिनेसनमा आर्थिक मुद्दाहरूमा प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समयपछिको हो,” उनले थपे, “त्यसैले बजारका अनेक झुठ र अफवाहहरूको पछाडि नलागिदिनुहोला।”

लगानी र प्रतिफलको सुरक्षामा सरकार प्रतिबद्ध

सम्बोधनका क्रममा अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकारको मुख्य र साझा एजेन्डा भनेकै ‘इन्भेस्टमेन्ट’ (लगानी) भएको बताए। सरकार निजी क्षेत्रको लगानी पूर्ण रूपमा सुरक्षित गर्न र त्यसको उचित प्रतिफलको सुनिश्चितता दिलाउन दृढ रहेको उनले दोहोर्‍याए।

मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र र सरकारबीच पारदर्शी र निरन्तर सहकार्य भइरहेकाले बजारमा फैलाइएका भ्रमबाट मुक्त भएर निर्धक्क लगानी बढाउन उनले उद्यमीहरूलाई आह्वान गरे।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...