back
himalayan life

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

बालेन नेतृत्वको सरकार र विज्ञ अर्थमन्त्री पनि 'असारे विकास'कै चक्रव्यूहमा: परिवर्तनको नारा तर पुरानै बेथिति

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको ‘असारे विकास’ अर्थात् आर्थिक वर्षको अन्तिम महिनामा हतार-हतार बजेट सिध्याउने परम्पराले यस पटक पनि निरन्तरता पाएको छ ।

नयाँ राजनीतिक संस्कार र सुशासनको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा गठित सरकारले समेत यो परम्परागत बेथिति तोड्न सकेन ।

चालु आर्थिक वर्ष २०८२/८३ मा मुलुकको अर्थतन्त्रको बागडोर एकपछि अर्को गर्दै तीन-तीन जना अर्थमन्त्रीले सम्हाले । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको विशाल आकारको बजेट ल्याएका थिए । सो बजेटलाई कार्यान्वयन गर्ने क्रममा पूर्वअर्थ सचिवसमेत रहेका अर्थविज्ञ रामेश्वर खनाल र त्यसपछि अर्थमन्त्रीको जिम्मेवारीमा आएका स्थापित अर्थशास्त्री डा. स्वर्णिम वाग्लेजस्ता विज्ञ व्यक्तित्वहरूले मन्त्रालयको नेतृत्व गरे । तर, प्रशासनिक र नीतिगत विज्ञताको बलियो दाबी रहेको यो सरकारको कार्यकालमा समेत कुल बजेट खर्च जम्मा ७९.०४ प्रतिशतमा सीमित हुन पुगेको छ । सरकारले वर्षभरिमा कुल १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ मात्र खर्च गर्न सक्यो ।

अन्तिम महिना असारमै ११ प्रतिशत बजेट र २१ प्रतिशत पुँजीगत खर्च

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार विज्ञ अर्थमन्त्रीहरूले कमान्ड सम्हाल्दा पनि असार महिनामा मात्रै कुल बजेटको ११.१३ प्रतिशत हिस्सा खर्च भएको छ । जेठ मसान्तसम्ममा कुल बजेटको ६९.५६ प्रतिशत मात्र खर्च भएकोमा असारको अन्तिम कार्यदिनसम्म आइपुग्दा यो ग्राफ बढेर ७९.०४ प्रतिशत पुगेको हो । यसको अर्थ, असारको यो एक महिनाको छोटो अवधिमा मात्रै राज्यकोषबाट २ खर्ब १८ अर्ब ४८ करोड ३० लाख रुपैयाँ रकमान्तर तथा भुक्तानीका नाममा खर्च गरिएको छ ।

योभन्दा अझ भयावह र निराशाजनक चित्र देशको विकास निर्माणसँग जोडिने पुँजीगत (विकास) खर्चको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । तर, वर्षभरिको कूल खर्च हेर्दा निराशाजनक रूपमा मात्र ४४.५१ प्रतिशत अर्थात् १ खर्ब ८१ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ मात्र वास्तविक खर्च हुन सक्यो ।

यस पुँजीगत खर्चको प्रवृत्तिलाई नियाल्दा असारे विकासको विकृत रूप प्रस्ट हुन्छ । जेठ मसान्तसम्ममा पुँजीगत खर्च जम्मा १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ (२३.५३ प्रतिशत) मात्र थियो । तर, असार महिनाको एक महिनामा मात्रै २०.९८ प्रतिशत अर्थात् ४८ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ पुँजीगत बजेट खर्च गरियो । वर्षभरि सुस्त बस्ने र असार लागेपछि विकासका योजनामा ताकेता गर्ने तथा कागजात मिलाएर भुक्तानी दिने पुरानै प्रशासनिक कमजोरी यस पटक पनि दोहोरिएको छ ।

चालु र वित्तीय व्यवस्थापनतर्फको खर्च स्थिति

विकास खर्चको तुलनामा साधारण प्रशासनिक र अनिवार्य दायित्वतर्फको चालु खर्च भने सधैँझैँ उच्च देखिएको छ । चालुतर्फ विनियोजन भएको ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँमध्ये ८८.३ प्रतिशत अर्थात् १० खर्ब ४२ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । यसमा पनि असार महिनामा मात्रै ११.३९ प्रतिशत (१ खर्ब ३४ अर्ब ५८ करोड ८ लाख रुपैयाँ) खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जेठ मसान्तसम्म चालु खर्च ९ खर्ब ८ | अर्ब २६ करोड ८१ लाख (७६.९१ प्रतिशत) थियो ।

यस्तै, सार्वजनिक ऋणको सावाँ-ब्याज भुक्तानी र सेयर लगानीसँग सम्बन्धित वित्तीय व्यवस्थापनतर्फको खर्च ९०.८ प्रतिशत पुगेको छ । यस शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँको लक्ष्य राखिएकोमा आर्थिक वर्षको अन्तिमसम्ममा ३ खर्ब ४० अर्ब ७२ करोड ३९ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।

खाता बन्द हुने अन्तिम दिन: एकै दिन ३३ अर्ब १६ करोड स्वाहा

आर्थिक वर्षको अन्तिम समयमा हुने यस्तो हतारो र गुणस्तरहीन खर्च गर्ने परम्परालाई रोक्न सरकारले आर्थिक वर्ष सकिनुभन्दा एक हप्ता अगाडि नै सबै सरकारी खाताहरू बन्द गर्ने कानुनी व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले बिहीबारबाटै देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई सर्कुलर जारी गर्दै बजेट खर्च र भुक्तानी रोक्न निर्देशन दिइसकेको छ । आज (शुक्रबार) बाट सरकारी खाता पूर्ण रूपमा एक हप्ताका लागि बन्द भइसकेका छन् ।

तर, यही खाता बन्द हुने अन्तिम दिन अर्थात् बिहीबार मात्रै राज्यकोषबाट अस्वाभाविक र ठूलो परिमाणमा बजेट खर्च भएको छ । बिहीबार एकै दिन सरकारी खाताबाट कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भयो । जसमध्ये पुँजीगत (विकास) तर्फ मात्रै १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ एकै दिन खर्च देखाइएको छ । यस्तै, चालुतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ भुक्तानी भएको छ ।

वर्षभरि आयोजनाहरू अलपत्र छाड्ने, असार लागेपछि सरकारी रकमान्तर र रकमी चलखेल तीव्र पार्ने, र अन्तिम दिन करोडौँका बिलहरू फर्स्यौट गर्ने परिपाटीलाई ‘विज्ञ र नयाँ’ भनिएको बालेन्द्र साह नेतृत्वको सरकार र डा. स्वर्णिम वाग्लेजस्ता अर्थशास्त्रीले समेत नियन्त्रण गर्न नसक्नुले नेपालको वित्तीय संरचना र प्रशासनिक संयन्त्रमा कति गहिरो संस्थागत समस्या छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

मौद्रिक नीतिको बुँदा नम्बर २० ले हल्लाएको शेयर बजार: नीतिगत अस्थिरताको मारमा लगानीकर्ता

वि.सं.२०८३ असार २५ बिहीवार १३:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का...

नियामककै ‘म्युजिकल चियर’: संकटको भुमरीमा बीमा क्षेत्र र नयाँ नेतृत्वको अग्निपरीक्षा

नियामककै ‘म्युजिकल चियर’: संकटको भुमरीमा बीमा क्षेत्र र नयाँ नेतृत्वको अग्निपरीक्षा

वि.सं.२०८३ असार २४ बुधवार १९:३०

काठमाडौं। नेपालको वित्तीय बजारको एउटा बलियो खम्बा मानिएको बीमा क्षेत्र...

२० अर्बको ऋण जारी गर्दै राष्ट्र बैंक

२० अर्बको ऋण जारी गर्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार २४ बुधवार १२:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको...

‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

वि.सं.२०८३ असार २४ बुधवार ११:१३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक...

नेप्सेको चरम लापर्बाही—अर्बौंको मार्जिन कर्जा प्रवाह, तर सूचना लुकाएर पारदर्शिताको धज्जी उडाउँदै नियामक

नेप्सेको चरम लापर्बाही—अर्बौंको मार्जिन कर्जा प्रवाह, तर सूचना लुकाएर पारदर्शिताको धज्जी उडाउँदै नियामक

वि.सं.२०८३ असार २४ बुधवार १०:४६

काठमाडौं । नेपालको पुँजी बजारमा लामो समयदेखिको प्रतीक्षा र सङ्घर्षपछि...

‘सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति’

‘सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति’

वि.सं.२०८३ असार २३ मंगलवार २०:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले...