back
himalayan life

राज्यले गरिखाने श्रमिक वर्गहरुमाथि गरिएको हेपाइले आत्मदाहको प्रयासमा पुर्यायो : युनियन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेक्रममा मृत्यु भएका गणेश नेपालीको घट्नाप्रति नेपाल प्लाटफर्म वर्कस युनियनले आपत्ति जनाउँदै दुःख व्यक्त गरेको छ ।

टे्रड युनियन कांगे्रस तथा नेपाल यातायात मजदुरसंग सम्बद्ध युनियनका अध्यक्ष जगनाथ गौतमले एक विज्ञप्ति जारी गर्दै घट्नाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘काठमाडौं त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि गरिखाने श्रमिकले गरेको आत्मदाह प्रयासप्रति यस नेपाल प्लाटफर्म वर्कस युनियनको ( टे्रड युनियन कांगे्रस तथा नेपाल यातायात मजदुर संग सम्बद्ध) गंभिर ध्यानकर्षण भएको छ । समाचारहरुमा आए अनुसार २५ वर्षीय राइडर चालक गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले गरेको व्हीललक गरेपश्चात निजले गरेको आत्मदाह प्रयासलाई लिएर गरि खाने श्रमिक वर्गमाथि राज्यका निकायहरुको दृष्टिकोणप्रति यस युनियन गम्भीर आपत्ति गर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘भर्खरै मात्र गत जुनको पहिलो साता अन्तर्राष्ट्रिय श्रम संगठनले प्लाटफर्म क्षेत्रमा कार्यरत श्रमिकहरुको अन्र्तराष्ट्रिय कानुन अर्थात आईएलओ अभिसन्धी न. १९३ पारित गरेको अवस्थामा यस प्रकारको घटना घटनु दुखद भएको छ ।’

‘एकातिर राज्यबाट प्लाटफर्म क्षेत्रमा कार्यरत राईडरहरुलाई महानगरमा पार्किंङको व्यवस्था नगर्नु, सुरक्षित सडक नहुनु उनीहरुलाई सामाजिक सुरक्षामा नजोडिएको अवस्था रहदा रहँदै सरकारबाट विना संवाद एकतर्फी तवरबाट दण्ड सजायका लागि अत्यधिक जरिवानाको कानुन बनाउन उद्मत हुनुले गरिखाने श्रमिक वर्गहरुलाई उद्धेलित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यस प्रकार राज्यका निकायहरुबाट गरिखाने श्रमिक वर्गहरु माथि गरिएको हेपाईले आत्मदाहको प्रयासमा पुरयाउनु श्रमिकहरु राज्यविहीन भएको अनुभुति समेत यस युनियनलाई भएको छ र यस्तै प्रकारका घटनाहरु घटने हो भने श्रमिक वर्गहरु सडकमा आउनु विकल्प नरहेको र यथाशिघ्र सो घटनाप्रति सरकारले छानविन गरेर कानुन बमोजिम दोषि माथि कडा भन्दा कारवाहीको माग यस युनियन गर्दछ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

वि.सं.२०८३ असार २५ बिहीवार १९:२६

मुगु । मुगु जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ को असार...

नेपाली स्टार्टअपलाई विश्वमञ्चमा पुर्‍याउने महाअभियान: ब्रिटिश कलेज र क्यान महासंघको ऐतिहासिक साझेदारी

नेपाली स्टार्टअपलाई विश्वमञ्चमा पुर्‍याउने महाअभियान: ब्रिटिश कलेज र क्यान महासंघको ऐतिहासिक साझेदारी

वि.सं.२०८३ असार २५ बिहीवार १८:०२

काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक...

विदेशी सम्बन्धनका कलेजमा सरकारको कडाइ

विदेशी सम्बन्धनका कलेजमा सरकारको कडाइ

वि.सं.२०८३ असार २५ बिहीवार १७:५७

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम...

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

वि.सं.२०८३ असार २५ बिहीवार १७:५५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या,...

काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै

काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै

वि.सं.२०८३ असार २५ बिहीवार १७:५३

काठमाडौं । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

वि.सं.२०८३ असार २४ बुधवार १९:४९

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर...