नेप्सेमा २६ अंकको गिरावट, कारोबार साढे ३ अर्बमा खुम्चियो
वि.सं.२०८३ असार २२ सोमवार
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २६.२९ अंकले घटेको छ । गत शुक्रबारको तुलनामा ०.९९ प्रतिशतले घटेर सोमबार समग्र नेप्से २६२७.११ अंकमा बन्द भएको हो ।
सोमबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्यो भने २३९ कम्पनीको घट्यो । तर सो दिन ४ कम्पनीको मूल्य स्थिर रहेको छ । सोमबार कुल ४६ हजार २४६ पटकको कारोबारमा ७५ लाख ४० हजार ४१८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत शुक्रबार सेयर बजारमा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।
प्रकाशित समय : १५:५४ बजे






















