back
Naima

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन् ।

मन्त्रालयका अनुसार यो अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएका छन्।

प्रगति विवरण पेस गर्दै मन्त्री यादवले सरकारले लिएका लक्ष्यहरूलाई प्राथमिकतामा राखेर मन्त्रालयले १०० दिनभित्र ठोस परिणाममुखी कामहरू फत्ते गरेको जानकारी दिनुभयो। देशको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन र आम नागरिकलाई सुशासनको अनुभूति गराउन मन्त्रालयले आफ्ना गतिविधिहरू केन्द्रित गरेको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्यालयमा पेस गरिएको उक्त विवरणमा विभिन्न ऐन–नियमहरूको परिमार्जन, रुग्ण उद्योगहरूको पुनरुत्थानको कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिइएका विषयहरू समेटिएका छन्। सरकारको सय दिने कार्यकालको उपलब्धि मूल्यांकनका आधारमा आगामी दिनमा मन्त्रालयले आफ्ना कामकारबाहीलाई थप गति दिने प्रतिबद्धता समेत जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...