सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८३ असार १६ मंगलवार
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय : १३:०९ बजे






















