back

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

nactional life

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन नगरपालिका–४, पटौना टोलमा सदस्यलाई रु। ३ लाख ७५ हजार बराबरको बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी गरेको छ ।

संस्थाको शाखा कार्यालय नयारोड सर्लाहीअन्तर्गत केन्द्र नं. ३० की सदस्य लिलि माया मिरिचिङ्गका श्रीमान् कृष्ण बहादुर कार्कीको निधनपछि उक्त सुविधा उपलब्ध गराइएको हो ।

सदस्यले संस्थाबाट रु. ३ लाख ७५ हजार कर्जा लिएकोमा बीमा सुविधाअन्तर्गत सम्पूर्ण साँवा तथा ब्याज मिनाहा गरिएको र थप काजक्रिया खर्चबापत रु.२५ हजार समेत गरी कुल रकम भुक्तानी गरिएको शाखा प्रबन्धक अर्चना भट्टराईले जानकारी दिइन् ।

संस्थाका अनुसार बीमा योजनामार्फत कर्जा लिने सदस्यको आकस्मिक मृत्युको अवस्थामा परिवारलाई आर्थिक राहत प्रदान गर्दै ऋण दायित्व समेत हटाउने व्यवस्था गरिएको छ । यसले संकटका बेला सदस्य तथा उनीहरूको परिवारलाई ठूलो सहारा पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा शाखा प्रबन्धक अर्चना भट्टराई, कर्मचारी सिमा कार्की तथा स्थानीय सदस्यहरूको उपस्थिति रहेको थियो । उपस्थित सदस्यहरूले कठिन समयमा संस्थाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...

आशा लघुवित्तको शेयरमूल्य समायोजन

आशा लघुवित्तको शेयरमूल्य समायोजन

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था...