back

समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको हो ।

समितिका अनुसार बुधबार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।

यस अघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारी ७ जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेशको आर्थिक...

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०४

काठमाडौं । नेपालले अब रेमिटेन्स–केन्द्रित डायस्पोरा संलग्नताभन्दा अघि बढेर विश्वभर...

आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

वि.सं.२०८३ जेठ २ शनिवार १८:३१

काठमाडौं । आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन: नयाँ कार्यसमितिको मत परिणाम सार्वजनिक, को–को भए विजयी?

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन: नयाँ कार्यसमितिको मत परिणाम सार्वजनिक, को–को भए विजयी?

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:४६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको...