back

डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि.द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमुनालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएको हो।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपाल प्रा. लि. बाट उत्पादन भएको, ब्याच नम्बर एबी ००४७७, उत्पादन मिति २०२५÷१२ र उपभोग्य अवधि १८ महिना रहेको उक्त मह गुणस्तरहीन प्रमाणित भएपछि विभागले मिति २०८३÷०२÷०५ मा यो फिर्ता सम्बन्धी आदेश जारी गरेको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सम्पूर्ण महहरू बजारबाट तत्काल फिर्ता गर्न र सोही दफाको उपदफा (४) बमोजिम उक्त उत्पादन बिक्री वितरण नगर्न वा नगराउन महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादक कम्पनीलाई कडा निर्देशन दिइएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०४

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध...

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:३६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर...

लगातार दुई कार्यकालको अनुभवसहित महासङ्घको कोषाध्यक्षमा अम्बिका पौडेलको उम्मेदवारी घोषणा

लगातार दुई कार्यकालको अनुभवसहित महासङ्घको कोषाध्यक्षमा अम्बिका पौडेलको उम्मेदवारी घोषणा

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:२९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को आगामी जेठ...

जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

वि.सं.२०८३ जेठ ७ बिहीवार १६:५२

जनकपुर । जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारजनले मधेश प्रदेशस्थित गृह,...

पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८३ जेठ ७ बिहीवार १३:५९

वीरगन्ज । समयमा काम सम्पन्न नगरेको भन्दै पप्पु कन्ट्रक्सन प्रालिका...