back
himalayan life

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ।

अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पु-याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

गरिब तथा विपन्न बिरामी तथा कुरुवाहरूका लागि पौष्टिक भोजन आवश्यक रहने अवस्थालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो। उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सी.एस.आर. प्रमुख सुशिल पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो।

भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकलाई धन्यवाद ज्ञापन गरे। साथै, गरिब तथा विपन्न बिरामी एवम् उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बैंकका ब्राण्डिङ तथा सी.एस.आर. प्रमुख पौडेलले बताए।आरती भोजन परिवारले २०८१ साल मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशूल्क भोजन सेवा प्रदान गर्दै आइरहेको छ। हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

वि.सं.२०८३ असार २२ सोमवार १६:०५

काठमाडौँ । मुलुकको बैंकिङ प्रणालीमा खर्बौँ रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिए...

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार २२ सोमवार १०:५८

काठमाडौं ।नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने...

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

वि.सं.२०८३ असार २० शनिवार २१:०५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क ले आजदेखि अनलाइन कर्जा आवेदन...

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

वि.सं.२०८३ असार १९ शुक्रवार १५:४९

काठमाडौं । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...