back
himalayan life

१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना

काठमाडौँ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

मंगलबार बसेको सुनुवाइ समितिको बैठकमा उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि सम्पादन गर्ने कामहरूको सूचीसहितको विस्तृत कार्ययोजना प्रस्तुत गरेका छन्।

शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित आफ्नो कार्ययोजना समितिमा पेस गरेका हुन्।

आफ्नो कार्ययोजनामा उनले अदालतमा बढ्दै गएको मुद्दाको चाप कम गर्दै नागरिकले समयमै न्याय प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। यसका लागि अदालतमा दर्ता भएका मुद्दा लामो समयसम्म थन्किने अवस्थाको अन्त्य गर्दै अधिकतम १८ महिनाभित्र किनारा लगाउने लक्ष्य उनले प्रस्ताव गरेका छन्।

यसैगरी, उनले अदालतका महत्त्वपूर्ण सुनुवाइहरूलाई प्रत्यक्ष प्रसारण (लाइभ ब्रोडकास्ट) गर्ने प्रस्ताव पनि अघि सारेका छन्। न्यायालयको कामकारबाहीलाई नागरिकसमक्ष थप खुला र पारदर्शी बनाउन तथा सार्वजनिक चासोका मुद्दामा नागरिकले प्रत्यक्ष रूपमा न्यायिक प्रक्रिया हेर्न पाउने वातावरण निर्माण गर्न सके न्याय प्रणालीप्रतिको विश्वास अझ बढ्न सक्ने उनको भनाइ छ।

सुनुवाइका क्रममा उठेका प्रश्नहरूको स्पष्टीकरण दिँदै उनले आफूले कुनै पनि रिट दर्ता रोक्न आदेश नदिएको स्पष्ट पारे। रिट दर्ता र दरपिठ गर्ने पूर्ण अधिकार प्रशासनकै क्षेत्राधिकारभित्र रहने उनले जानकारी दिए।
उनले भने, ‘रिट दर्ता र दरपिठको विषयमा प्रशासन नै पूर्ण जिम्मेवार र स्वतन्त्र रहेको अवस्था छ। प्रशासनबाट विवेक प्रयोग गरेर नै निर्णय भएको होला। यसमा म थप टिप्पणी गर्न चाहन्नँ।’

त्यस्तै, उनले न्यायिक नियुक्ति प्रक्रियामा विगतदेखि उठ्दै आएका विवादहरूलाई ध्यानमा राख्दै यसलाई थप पारदर्शी र विवादरहित बनाउने प्रतिबद्धता जनाए। न्यायिक नियुक्तिका लागि स्पष्ट मापदण्ड, योग्यता मूल्याङ्कन र वस्तुगत आधार निर्धारण गर्ने विषयलाई आफूले प्राथमिकतामा राखेको उनले बताए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नदी किनाराबाट हटाइएका २ हजार ६०८ परिवारमध्ये ४६५ परिवारले पाए २५ हजार रुपैयाँ राहत

नदी किनाराबाट हटाइएका २ हजार ६०८ परिवारमध्ये ४६५ परिवारले पाए २५ हजार रुपैयाँ राहत

वि.सं.२०८३ असार २० शनिवार २१:२९

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारामा रहेका जोखिमयुक्त बस्ती...

पक्राउ गर्दै छोड्दै गरेपछि सीआइबीमाथि प्रश्न, प्रहरीलाई पनि असर

पक्राउ गर्दै छोड्दै गरेपछि सीआइबीमाथि प्रश्न, प्रहरीलाई पनि असर

वि.सं.२०८३ असार २० शनिवार २०:५७

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) ले गरेका केही कामका...

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४४

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न...

चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३२

काठमाडौं । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा...

बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२८

विराटनगर । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...