back
himalayan life

यातायात महासंघ चुनाव: चुनावी मैदानमा हरिशरण केसीको दाबी– “व्यवसायीको हित नै सर्वोपरी”

पोखरा। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनको चुनावी सरगर्मी बढेसँगै अध्यक्ष पदका उम्मेदवार हरिशरण केसीले आफू कुनै खास समूहको नभई सम्पूर्ण यातायात व्यवसायीहरूको साझा उम्मेदवार रहेको दाबी गरेका छन्।

पोखरामा जारी महाधिवेशनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले व्यवसायीहरूको एकता, अधिकारको संरक्षण र महासंघलाई सुदृढ बनाउनु नै आफ्नो प्रमुख एजेन्डा रहेको प्रष्ट पारे।

नेतृत्वका लागि चुनावी मैदानमा होमिएका केसीले यातायात क्षेत्रमा रहेका गुटगत राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले भने, “म कुनै समूह वा गुटभन्दा माथि उठेर सम्पूर्ण व्यवसायीको हितका लागि नेतृत्व गर्न मैदानमा आएको हुँ। मलाई सम्पूर्ण साथीहरूको साथ र विश्वास छ।”

उनले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई यातायात क्षेत्रका जटिल समस्याहरू समाधान गर्न र व्यवसायीमैत्री नीति निर्माणका लागि भएको बताए। महासंघलाई एउटा प्रभावकारी र उत्तरदायी संस्थाको रूपमा अघि बढाउने आफ्नो संकल्प रहेको पनि उनले उल्लेख गरे।

केसीले आफ्नो कार्यकालमा निम्न पक्षहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • यातायात व्यवसायीहरूको हकहित र अधिकारको पूर्ण सुरक्षा।

  • व्यवसायीहरूबीचको सहकार्य र आन्तरिक एकतालाई थप मजबुत बनाउने।

  • सरकारसँग समन्वय गरी व्यवसायीमैत्री कानुन र नीति निर्माणमा दबाब दिने।

  • यातायात क्षेत्रमा रहेका समसामयिक चुनौतीहरूको दीर्घकालीन समाधान।

महासंघको नयाँ नेतृत्व चयनका लागि भइरहेको यस निर्वाचनमा अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला (सरोज) र हरिशरण केसीबीच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै पक्षका उम्मेदवारहरू यतिबेला महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग भेटघाट र समर्थन जुटाउन व्यस्त छन्।

देशभरका ३८७ भन्दा बढी संघ-संस्थाहरूका प्रतिनिधिहरू सहभागी रहेको यस महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। मतदान प्रक्रिया र नेतृत्व चयनका गतिविधिका कारण पोखराको महाधिवेशनस्थल यतिबेला निकै उत्साहजनक बनेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...