back
himalayan life

‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ ‘सरसफाइ सप्ताह’ सुरु स्वास्थ्य मन्त्री मेहेताले गरिन् उद्घाटन

काठमाडौँ । आज(सोमबार)देखि देशभर ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ ‘सरसफाइ सप्ताह’ सुरु भएको छ । सोमबार वीर हस्पिटलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहेताको सहभागितामा सरसफाई कार्यक्रमको औपचारिक उद्घाटन भएको हो ।

उद्घाटनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले हस्पिटलमा मात्र नभएर देशभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ भनेर लागिपरेको जानकारी दिइन् ।

‘यो अभियान एक हप्तासम्म सञ्चालन हुन्छ । हस्पिटलमा मात्र नभएर देशैभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ । घर, बाटो या कार्यालय हरेक स्थानको सरसफाइ कार्यक्रम दिनचर्यामा ल्याउनुपर्छ भनेर लागेको छौं । हामीले सुरुवात चाहीं हस्पिटलबाट गरेको हौं ।’ त्यस्तै उनले वीर हस्पिटलको सरसफाइमा पहिले भन्दा धेरै परिवर्तन पाएको भन्दै अझ धेरै प्रयास गर्ने हस्पिटलको प्रतिबद्धता रहेको बताइन् ।

उनले बीमाको विषयलाई पनि जोड्दै बीमा पेचिलो बन्दै गइरहेको र जनतामैत्री कसरी बनाउन सकिन्छ भनेर गहन छलफल गरिरहेका बताइन् । सरकारले आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्न लागेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...