back

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको हो ।

जारीपूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत शेयर उक्त समूहका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको छ ।

यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परेमा जेठ ४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन मेरो शेयरमार्फत सि–आस्वा प्रणाली प्रयोग गरी दिन सकिनेछ । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले पहिलो चरणपछि सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

वि.सं.२०८३ असार २ मंगलवार ०८:५३

काठमाडौँ । इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा ऐतिहासिक शान्ति सम्झौता भएसँगै...