back

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार पनि घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागिरहेको बजारले आज पनि सोही घट्दो क्रमलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा ओर्लिएको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.०७ अंकले ओरालो लागेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.०१ अंकको सामान्य गिरावट देखिएको छ।

कारोबार रकममा पनि संकुचन

बजार परिसूचकसँगै बिहीबार कारोबार रकममा पनि केही गिरावट आएको छ। बुधबार ४ अर्ब ९८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजार कित्ता शेयर ८० हजार ४२७ पटकको कारोबारमा कुल ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ।

श्रीनगर एग्रीटेकको मूल्यमा उछाल, कर्पोरेट डेभलपमेन्टको ओरालो यात्रा

बजार घटे पनि श्रीनगर एग्रीटेक इण्डष्ट्रिजका लगानीकर्ताले भने उत्साहजनक नाफा कमाएका छन्। यस कम्पनीको शेयरमूल्य सर्वाधिक १२.५७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, शिखर पावर डेभलपमेन्ट र एशियन हाइड्रोपावरको मूल्यमा करिब ८ प्रतिशतको बढोत्तरी देखिएको छ भने अन्य कम्पनीको वृद्धिदर ५ प्रतिशतभन्दा न्यून रहेको छ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन्। यस बैंकको शेयरमूल्य १०.३८ प्रतिशतले घटेको छ।

रिलायन्स स्पिनिङ्ग मिल्सको उच्च कारोबार

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स आज शीर्ष स्थानमा रहन सफल भयो। उक्त कम्पनीको २६ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। दोस्रो स्थानमा रहेको आँखु खोला जलविद्युत कम्पनीको करिब २२ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनीको १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

११ उपसमूह राताम्मे

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटाको परिसूचक घटेको छ भने मात्र २ वटा उपसमूहमा हरियाली देखिएको छ। बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकमा सामान्य सुधार आएको छ। यद्यपि, घट्ने उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ, जसले बजारमा ठूलो पहिरो नगएको संकेत गर्दछ।

nactional life
Corporatebazar 11 Anniversary

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२९

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:३०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...