back

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

nactional life

रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक ठेक्का आव्हान भएको छ । डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले सो ठेक्का आव्हान गरेको हो ।

ठेक्का आव्हान भएका तीन मध्ये खुर्कोट र खैरेनीघाट पुल पुनर्निर्माण हुन थालेका हुन् । २०८० साल असोजको बाढीले खुर्कोट र खैरेनीघाटमा निर्माण भएका मोटरेवल पुल बगाएको थियो । अहिले साबिकमा पुल रहेको स्थान या आसपासमा पुल निर्माण गर्ने गरी ठेक्का आव्हान भएको हो । तेस्रो पुल काभ्रे र रामेछाप जोड्ने गरी दोभानटारमा निर्माण गर्न लागिएको हो ।

रामेछापलाई तराई र काठमाडौंसँग जोड्न खुर्कोटको पुल २०८० असोज १२ गते बगाए पछि तत्काल बेलिब्रिज जडान गरिएको थियो । खैरेनीमा भने हालै मात्र बेलीब्रिज निर्माण गरिएको हो ।

डिजाइन एन्ड विल्ड प्रकृतिको उक्त ठेक्कामा निर्माण व्यवसायीले पुल निर्माण गर्ने स्थानको चयन, डिजाइन र लागत अनुमान आफैले गर्नुपर्नेछ ।

खुर्कोटमा हाल रहेको पुल आसपासको क्षेत्रमा पुल निर्माण हुने बताइएको छ भने भए पनि खैरेनीघाटमा भने अहिले पुल भएको ठाउँ सुनकोसी नदी र रोशीखोलाको किनारमा भएको कारण केही तल सार्ने तयारी भएको छ । सिन्धुलीको दुम्जा नजिकको टुप्पिडाडाँमा एका तर्फको जग हुने गरी पुल बनाउने चर्चा छ ।

खुर्कोटमा बेलिब्रिज मात्रै हुँदा तराईबाट रामेछाप, दोलखा, ओखलढुङ्गा र सोलु सामान लिएर जाने ठुला सवारी साधनहरू सामान खन्याएर जाने गरेका छन् । सो पुलको भारवहन क्षमता काम हुँदा व्यवसायीले झन्झट बेहोर्नु परेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ...

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...