back

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

nactional life

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँका ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

पहिलो चरणमा १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन अवधि वैशाख २२ गतेसम्म रहनेछ, माग नपरेमा वैशाख ३० गतेसम्म लम्बिन सक्नेछ ।

आईपीओको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने आवेदन मेरो शेयर प्रणाली तथा आस्बा सदस्य बैंकमार्फत दिन सकिनेछ । कम्पनीलाई केयर रेटिङ्गस् नेपाल ले ‘केयरएनपी डबल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम जनाउँछ ।

भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कारखाना चितवनको खैरहनीमा सञ्चालनमा छ । हालसम्म १४ वर्षदेखि पेन्ट उत्पादन गर्दै आएको कम्पनी चालू आर्थिक वर्षको पुस मसान्तसम्म ९० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:४७

काठमाडौं ।सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३१

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:४०

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...