back

भेरी-बबई निर्माणमा ढिलाई: चौथो पटक म्याद थप्दासम्म आधा मात्रै प्रगति

सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन निर्माणका ढिलाइ भएको छ । तेस्रो पटक म्थाद थप गरिएको आयोजनाको अवधि चैत २० गते सकिए पनि आयोजना निर्माणको आधा काम अझै सकिएको छैन । आयोजनाको काम नसकिए पछि चौथो पटक ठेक्काको म्याद थप गर्ने तयारी भइरहेको छ । आयोजनाको काम आधा बाँकी रहेपछि ठेक्का सम्झौताका लागि आयोजनाले पहल गरेको जनाइएको छ ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको कूल प्रगति ५० प्रतिशत सकिएको छ । आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध निर्माण, पावर हाउस निर्माण र पेनस्टोक (पाइप राख्ने काम) लगायतका काम सम्पन्न गर्नमा लागि चीनको ग्वाङ्डोन–युनाटियन र रमण कन्स्ट्रक्सन जेभीले २०७६ साउनमा ठेक्का पाएको थियो । त्यस यता विभिन्न समयमा गरी तीन पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति आधाको हाराहारीमा रहेको छ ।

सुरुमा चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजना २०८० मै निर्माण सम्पन्न गरिसक्नु पर्ने हो । आयोजना सुरुवातसँगै भएको कोरोना महामारीले काम हुन नसकेको कारण देखाउँदै ठेकेदार कम्पनीले थप एक वर्ष म्याद थपेर २०८१ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

पहिलो र दोस्रो पटक एकरएक वर्ष र तेस्रो पटक साढे सात महिना म्याद थप गरेको समयावधि चैत्र २० गते सकिए पछि फेरी म्याद थपको प्रक्रिया अगाडि बढाएको आयोजना निर्देशक हरिदत्त पौडेलले जानकारी दिए ।

आयोजनाले गत शुक्रबार म्याद थपको निर्णय गरी विभागमा पठाएको उनको भनाई छ । ‘हामीले आयोजनाको म्याद थपका लागि शुक्रबार नै विभागमा फाइल पठाइसकेको छ’ उनले भने, ‘विभागको निर्णय आउन बाँकी छ ।’ आयोजनाको बाँकी काम अबको १० महिनाभित्र सम्पन्न गर्ने गरी आगामी पुस महिनासम्मको म्याद थप गर्न सिफारिस भएको बताइएको छ । ‘हामीले एक वर्ष भन्दा कम समय थप्न सिफारिस गरेको छ’ आयोजना निर्देशक पौडेलले भने, ‘कसल्टेन्सीको राय, ठेकेदार कम्पनी माग र आयोजनाको सिफारिसकै आधारमा विभागले निर्णय गर्दा समय तलमाथि हुन पनि सक्छ ।’

आयोजनाको काम सम्पन्न नभए पछि चौथो पटक म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए । ‘आयोजनाबाट शुक्रबार म्याद थपको निर्णय गरिएको छ’ उनले भने, ‘स्वीकृतिका लागि आयोजना निर्देशक काठमाडौँमै हुनुहुन्छ । उताबाट निर्णय भए पछि म्याद थप हुन्छ ।’ आयोजनामा भइरहेको प्रगति, परामर्शदाताहरूको राय सुझावका आधारमा आगामी २०८३ पुससम्मको म्याद थपको लागि प्रक्रिया थालिएको बताए ।

के छ प्रगति ?
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिवीएम) प्रयोग गरी सुरुङ निर्माण गरिए पछि सफल आयोजनाको रूपमा भेरी बबई बहुउद्देश्यीय आयोजनालाई लिने गरिएको थियो । सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्ष अगाडि सकिएको थियो । आर्थिक वर्ष २०७०/०७१ बाट आयोजनाको निर्माण कार्य थालिएको थियो ।

अहिले आयोजनामा सिभिल, इलेकट्रिकल र हाइड्रो इलेकट्रिकल गरेर तीन छुट्टाछुट्टै सम्झौताअनुसार काम भइरहेको छ । सिभिल वर्कको काम अरू दुईसँग पनि सम्बन्धित हुन्छ । यसले गर्दा सिभिल वक्र्सको काम रोकिएमा इलेकट्रिकल र हाइड्रो इलेकट्रिकलको काम पनि रोकिने अवस्था रहेको आयोजना निर्देशक पौडेलको भनाइ छ ।

आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीसँग सम्झौता गरिएको आयोजनाको चौथो पटक म्याद थप गर्ने प्रयास भइरहँदा आधा काम बाँकी रहेको छ । दोस्रो चरण अन्तर्गतका सिभिल संरचनाहरूको निर्माण कार्य भइरहेको छ । यो चरणमा निर्माण कम्पनीले ग्वाङ्डोन–युनाटियन र रमण कन्स्ट्रक्सन जेभील पुलसहितको ब्यारेज, सर्जसाफ्ट ९ट्यांकी० र पावर हाउस निर्माण गरिसक्नु पर्ने थियो । सबै कम्पोनेन्टहरूमा काम भई रहेकोले कुन संरचनामा कति काम भयो भनेर मापन गर्न नसकिने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर हरिबहादुर थापाले बताए ।

किन भयो ढिलाइ र ?
२०८० सालसम्म ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित भेरी नदीमा बाँध निर्माण तथा बबईमा विद्युत् गृह निर्माणको काम सुरु गर्न २०७६ सालमा ठेक्का पाएको कम्पनीले पहिलो पटक म्याद थप गर्दा कोरोना महामारीले निर्माणमा ढिलाइ भएको कारण देखाएका थिए ।

त्यस पछिका दुई वटा म्याद थपमा पनि निर्माण कम्पनीले आयोजनाकै तर्फबाट डिजाइन ड्रइङमा भएको ढिलाइ, वर्षाको समयमा नदीको बहाव बढ्दा काम गर्न नसकिने प्राकृतिक कारण, बैङ्क ग्यारेन्टी लगायतका प्राविधिक ढिलाइले गर्दा काम गर्न नसकिएको कारण देखाउँदै म्याद थप गरिएको थियो । आयोजनाले काबु बाहिरको परिस्थितिका कारण तत्कालीन परामर्शदाताको सेवा बिचमै रद्द गरी नयाँ प्रक्रियामा जानु परेकोले पनि आयोजना निर्माणमा ढिलाइ भएको थापाको भनाई छ ।

नयाँ परामर्शदाताबाट आवश्यक डिजाइन तथा ड्रईग्सहरु समयमै प्राप्त हुन नसकेको, निर्माण व्यवसायीले पूर्ण र आवश्यक स्रोत परिचालन गर्न नसकेको, आयोजनामा आवश्यक विषयगत अनुभवी कर्मचारी नहुनु र बजेट अभावजस्ता कारणले आयोजनाको काममा ढिलाइ भइरहेको बताइएको छ । ठेकेदार कम्पनीले भने आयोजनाकै तर्फबाट ढिलाइ भएकाले समयमै काम सम्पन्न गर्न नसकेको जनाएको छ ।

वर्षाको समयमा भेरी नदीको बहाव बढ्ने, साथै म्याद थप गरेपछि बिमा, बैङ्क ग्यारेन्टी नवीकरणका समस्याले केही समय लम्बिएको निर्माण कम्पनी रमण कन्स्ट्रक्सनका प्रतिनिधि इन्जिनियर हिम्मत लम्सालले बताए । आयोजनाले माग गरे बमोजिम म्याद थप नगरिदिँदा पनि पटक पटक समय थप्नु परेको उनले बताए । अबको तीन वर्ष म्याद थप भए निर्धारित समयमै काम सम्पन्न गरिने उनको भनाई छ ।

पहिलो चरणमा सुरुङ निर्माणको काम गरेको आयोजनाले दोस्रो चरणमा ४८ मेगावाटको बिजुली उत्पादन गर्ने र तेस्रो चरणमा सिँचाइका लागि काम गर्ने गरी आयोजनाको लक्ष्य हो । यहाँबाट उत्पादित ४८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने र बाँके बर्दियाको ५१ हजार हेक्टर जमिनामा १२ महिना सिँचाई सुविधा पु¥याउने छ । सुरुङ निर्माण पछि प्रतिसेकेन्ड ४० घनमिटर भेरी नदीको पानी बबईमा खसालिने छ ।

आयोजनामार्फत हात्ती खाल आसपासका क्षेत्रमा सिँचाइ, ग्रामीण विद्युतीकरण र ग्रामीण सडक सुधारको काम पनि गरेको जनाएको छ । सुर्खेतको हात्ती खाल र गेरुवानीमा रिंगरोड निर्माण, सोलार पावर सिँचाइ लगायत स्थानीय सडक सुधारका काम गरेको र बर्दियाको चेपाङमा ग्रामीण सडक सुधारका साथै कुरुले, बाटुले भंगाहमा स्थानीय कुलो सुधार गरी सिँचाइ र नदी नियन्त्रणको काम गरिएको जनाइएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल, विकास र मनसुनजन्य जोखिममा जोड

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल, विकास र मनसुनजन्य जोखिममा जोड

वि.सं.२०८३ वैशाख २ बुधवार १७:४४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

वि.सं.२०८३ वैशाख २ बुधवार १३:००

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा।ली।को उत्पादन...

प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने

प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने

वि.सं.२०८३ वैशाख २ बुधवार १०:०७

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक...

प्रधानमन्त्री र समानुपातिक सांसदबीच भोलि सिंहदरबारमा अन्तरक्रिया हुँदै

प्रधानमन्त्री र समानुपातिक सांसदबीच भोलि सिंहदरबारमा अन्तरक्रिया हुँदै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:५१

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न...

‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य

‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४१

काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता...