back
himalayan life

विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै : बक्यौता उठाउन कठोर

रौतहट । नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ। लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम चालेको हो।

गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको थियो। लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्र पुनः विद्युत सुचारु गरिएको छ।

प्राधिकरणका अनुसार गौर वितरण केन्द्र मातहतका गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई र वृन्दावन नगरपालिका (२ वडा) भित्रका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूले महसुल तिर्न अझै आलटाल गरिरहेका छन्।

हाल पहिलो चरणमा सडक बत्ती बाहेकका अन्य बक्यौता उठाउने कार्य भइरहेको गौर वितरण केन्द्रका प्रमुख यादवले बताए । उनका अनुसार साउन १ गतेदेखि चैत १६ गतेसम्मको अवधिमा ९ करोड ५५ लाख ८३ हजार ३१६ रुपियाँ बक्यौता रहेका कुल २ हजार ४५ जना ग्राहकको लाइन काटिएको हो ।

तीमध्ये १ हजार ७७२ ग्राहकले ५ करोड ५० लाख १५ हजार ३७७ रुपियाँ महसुल बुझाएर लाइन सुचारु गरिएको छ । कालोसूचीमा रहेका ६० जनाबाट २४ लाख ४९ हजार ६३५ रुपियाँ असुल गरिएको छ। साथै, विद्युत चुहावट ९चोरी० मा संलग्न १२० जनालाई कारबाही गरी १५ लाख ७६ हजार १२४ रुपियाँ जरिवाना गरिएको उनले जानकारी दिए ।

कुनै पनि बहानामा विद्युत महसुल नबुझाउने कार्य मान्य हुने छैन। सरकारी निकाय होस् वा प्रभावशाली व्यक्ति, बक्यौता नतिरेसम्म लाइन काट्ने अभियान निरन्तर जारी रहने प्राधिकरण गौरले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

वि.सं.२०८३ असार ३१ बुधवार १३:४९

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राष्ट्रिय...

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

वि.सं.२०८३ असार ३० मंगलवार १८:०३

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली...