back

नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन-एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

nactional life

काठमाडौं । लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम र युसिन–एआरटीलाई यसको जिम्मेवारी दिने निर्णय गरेको हो ।

आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ को जेभीलाई छनोट गरिएको जनाएको छ । यो कम्पनीले २।६५ किलोमिटर लामो सुरुङमार्गको आगामी ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ ।

युसिन–एआरटी जेभीले भ्याट र प्रोभिजलनल सहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा ठेक्का पाएको हो । यो रकम सरकारी लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम हो । सम्झौताअनुसार कम्पनीले वार्षिक औसत २२ करोड रुपैयाँमा सुरुङमार्गको सञ्चालन, प्राविधिक व्यवस्थापन र मर्मतसम्भारको काम गर्नुपर्नेछ ।

यसअघि आयोजनाले सन् २०२५ नोभेम्बर २ मा बोलपत्र आह्वान गरेको थियो । प्राप्त बोलपत्रहरूमध्ये सबैभन्दा कम रकम प्रस्ताव गर्ने यो कम्पनीलाई आशयको सूचना जारी गरिएको हो ।
एक साताभित्र सम्झौताका लागि आह्वान

आयोजनाले छनोट भएको कम्पनीलाई ठेक्का सम्झौताका लागि सात दिनभित्र सम्पर्क गर्न बोलाएको छ । सम्झौता भएपछि कम्पनीले सुरुङमार्गभित्रका उपकरणहरूको सञ्चालन, सुरक्षा व्यवस्थापन, ट्राफिक नियमन, र नियमित मर्मतसम्भारको जिम्मेवारी सम्हाल्नेछ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो यातायात सुरुङमार्ग हो, जसले काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको यात्रा समय र इन्धन खपतमा उल्लेख्य बचत गर्ने अपेक्षा गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

वि.सं.२०८३ जेठ १७ आइतवार १२:२८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:३७

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२८

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ...

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा...

इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:०९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...