back

ग्लोबल मनी विकमा महालक्ष्मी विकास बैंकको देशव्यापी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशव्यापी रूपमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै हजारौँलाई वित्तीय शिक्षामा जोड दिएको छ ।

चैत २ देखि ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको अभियानअन्तर्गत बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित समूह पहिचान गरी देशभरका शाखा तथा प्रादेशिक कार्यालयमार्फत कार्यक्रमहरू सम्पन्न गरेको हो ।

दरबारमार्ग, हेटौँडा, इटहरी, भैरहवा, पोखरा (विजयपुर), वीरगञ्ज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लहान, बिचबजार, मंगलसेन, चिप्लेढुङ्गा लगायतका शाखाहरूले विद्यार्थी तथा युवामाझ वित्तीय ज्ञान, सीप र व्यवहार विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गरेका थिए । “स्मार्ट मनी टक्स” नारासहित आयोजित कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको बैंकले जनाएको छ ।

कार्यक्रमहरूमा बचत, कर्जा, लगानी, विद्युतीय बैंकिङ सेवा, विप्रेषण, बीमा, धितोपत्र बजार, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा वित्तीय ठगीबाट बच्ने उपायजस्ता विषयमा जानकारी दिइएको थियो । साथै, नेपाल राष्ट्र बैंकलगायत विभिन्न संस्थाले आयोजना गरेका प्रभातफेरी कार्यक्रममा पनि बैंकले सक्रिय सहभागिता जनाएको थियो ।

यसै अवसरमा नेपालगञ्ज शाखाले बाँकेको श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ । बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत समेत सचेतनामूलक सामग्री र भिडियोहरू प्रसारण गरी वित्तीय शिक्षाको महत्वबारे व्यापक सन्देश प्रवाह गरेको छ ।

३१ वर्षदेखि “सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसाथ गर्दै सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

वि.सं.२०८३ साउन ११ सोमवार १३:०५

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...