back

चन्द्रपुरको चाँदी खोलामा सशस्त्र प्रहरीको छापा : अवैध बालुवा उत्खननमा संलग्न ८ ट्र्याक्टर र चालक नियन्त्रणमा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहन नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ ।

बिहीबार बिहान चाँदी खोलाको दुई फरक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले आठवटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस सन्तपुरबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो । बिहीबार बिहान करिब ७ः२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र वडा नम्बर ८ मोतीपुरस्थित चाँदी खोलाको बगरमा ट्र्याक्टरहरूले रूपमा बालुवा लोड गरिरहेको सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो ।

सूचना पाएलगत्तै सन्तपुर बेसका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वनाथ जिसीको नेतृत्वमा ११ जनाको विशेष टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। टोली पुग्दा खोलाको बगरभित्र केही ट्र्याक्टरमा बालुवा लोड भइरहेको र केही लोड गर्ने तयारीमा रहेको अवस्थामा फेला परेका थिए ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामहरि अधिकारीका अनुसार अवैध उत्खननमा संलग्न रहेका आठ जना चालक र उनीहरूले चलाएका ट्र्याक्टरहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेहरुमा ६ त ३७८५ का ट्र्याक्टर र चालक दीपेन्द्र माझी, ५ त ५४२ का चालक राहुल यादव, ५ त ९५५१ का चालक देवनाथ चौधरी, करण चौधरी, रामायण पटेल, विवेक पासवान, मायालाल माझी र भुन्टा माझी रहेका छन् ।

सशस्त्र प्रहरी सन्तपुर बेसका अनुसार नियन्त्रणमा लिइएका सबै ट्याक्टर र चालकहरूलाई आवश्यक कानुनी कारबाही र जरिवानाका लागि चन्द्रपुर नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।

स्थानीय प्रशासनले खोलाजन्य पदार्थको अवैध उत्खनन्मा कडाइ गरेपनि तस्करहरूले बिहान र रातको समय छोपेर दोहन जारी राखेको स्थानीयबासीको भनाइ छ । तर सशस्त्र प्रहरीले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न आफ्नो गस्ती र निगरानीलाई थप तीव्र बनाउने जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै...

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १८:११

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वि.सं.२०८३ साउन १४ बिहीवार १७:५७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै...