back

‘जनताको सेवाभन्दा अरु केही सोचेकै छैन’– एमाले उम्मेदवार उप्रेती

काठमाडौं। पूर्वमन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीको क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् ।

उनी पूर्व रक्षामन्त्री हुन् । मन्त्री हुँदा पनि कुनै विवादमा नपरेका उप्रेतीले जनतालाई दुःख दिने काम नगरेको बताएका छन् । सरल स्वभावका उनी सबैलाई राम्रो सम्मान गर्ने गर्छन् । जनता नै मुख्य स्रोत हो भन्ने उनी दिनरात नै जनताको सेवामा सक्रिय रहेका छन् । ‘मैले राजनीति गरेर केही कमाएको छैन, कमाएको भनेको नाम नै हो, म यसलाई अझै जीवित राख्छु’ उनी भन्छन् ‘अहिले राजनीतिलाई गलत ढंगले हेर्ने गरिन्छ तर त्योभन्दा फरक छु म, कसैले पनि अहिलेसम्म औंलो ठड्याएका छैनन्, यो नै मेरो सफलता हो ।’ उप्रेती पार्टीको निर्वाचित केन्द्रीय सदस्य पनि हुन् । २०७० सालको संविधानसभाको निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ३ बाट जितेका उनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाएनन् । उनी निवर्तमान सांसद पनि हुन् । २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उनले यही क्षेत्रबाट जिते । उनी यही कार्यकालमा मन्त्री भएका हुन् ।

उनले कोरोना महामारीकालमा र भूकम्पका बेला गरेको सहयोग जनताले अहिलेसम्म सम्झिइरहेका छन् । उनी कोरोनाकालमा सांसद थिएनन् तर पनि बिरामीको सेवा गर्ने काममा सक्रिय रहे । उनले आफ्नो पहलबाट औषधि, उपकरण पनि लगेर सेवा गरे भनें आइसोलेसन केन्द्र पनि निर्माण गरे । ‘सांसद भनेको आज हुन्छ भोलि नहुन सक्छ तर म जनताको मान्छे हुँ, राजनीति गर्छु त्यसैले जहाँ जस्तो अवस्थामा पनि म सेवा गर्न तयार हुन्छु’ उनी त्यतिबेला भन्थे ‘मैले थोरै मात्र काम गर्दा पनि त्यो क्षेत्रको लागि राहत हुन्छ भनेर नै सक्रिय भएको हुँ ।’

उनले यसअघिको निर्वाचनमा जनतामाझ गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् । ‘गर्दागर्दै पनि कतिपय समस्या अझै छन्, ती समस्यालाई समाधान दिन पनि मेरो उम्मेदवारी हो’ उनले भने । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...