back

महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

nactional life

काठमाडौं । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । धार्मिक परम्पराअनुसार मध्यरातमा चतुर्दशी तिथि परेकै दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ ।

सबैभन्दा बढी भीड पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिएको छ । बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ भने छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन् ।

धार्मिक मान्यताअनुसार यस दिन व्रत, उपवास, रातभर जाग्राम गरी शिवजीलाई दूध, बेलपत्र र धतुरो अर्पण गरे सुख–शान्ति तथा मोक्ष प्राप्त हुने विश्वास रहेको छ।

महाशिवरात्रिका अवसरमा आज बिहान २ बजेदेखि पशुपतिका चारै ढोका खोलिएका छन्। दर्शनार्थीको सुविधाका लागि तीन बाहिरी र एक भित्री लाइनको व्यवस्था गरिएको छ। सवारी पार्किङ सिफल, तिलगङ्गा, गुह्येश्वरी लगायत स्थानमा मिलाइएको छ ।

त्यस्तै, तीन वर्षअघिदेखि पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।

आज पशुपतिनाथसँगै गोकर्णेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर लगायत उपत्यकाका शिवालयमा पनि भक्तजनको उल्लेख्य भीड लागेको छ । राजधानी बाहिरका विभिन्न शिव मन्दिरहरूमा समेत धूमधामका साथ पूजाआराधना भइरहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...