back

‘धेरै फलोर्स भए भन्दैमा चुनाव जितिन्छ भनेर बालेनले नसोचे हुन्छ’ : युवानेता सापकोटा

वालेनजस्तो फलोर्स भएकाको बंगलादेशमा जे हालत भयो अब वालेनको पनि त्यस्तै हुन्छ

nactional life

काठमाडौं। नेकपा एमालेका युवा नेता तथा वागमति प्रदेश कमिटीका सल्लाहकार नारायण प्रसाद सापकोटाले एमालेको पक्षमा जनलहर बढेकाले आगामी प्रतिनिधिसभाको निर्वाचनको परिणाम पार्टीको पक्षमा आउने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल बकैया गाउँ कमिटी मकवानपुरले आयोजना गरेको प्रतिनिधिसभा केन्द्रित युवा भेला कार्यक्रममा बोल्दै विशेष अतिथि सापकोटाले बंगलादेशको निर्वाचनमा पनि नयाँ भनिने पार्टीहरुको बिजोग भएको बताए । उनले नेपालका वालेन्द्रको जस्तो धेरै फलोर्स भएका एकजना निर्वाचनमा उठेको र उनको बिजोग भएको बताए । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर वालेन्द्र साह (वालेन) झापा–५ बाट उम्मेदवार बनेका छन् । त्यही क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेका छन्।

‘बंगलादेशमा हल्ला गरेको भए पनि जम्मा ३ सय सिटमा ६ सिटमात्रै’

एमालेको वागमति प्रदेश कमिटीका निवर्तमान प्रदेश कमिटी सदस्यसमेत रहेका सापकोटाले ती नयाँ पार्टीले दुईतिहाई सिट ल्याउँछौं भनेर बंगलादेशमा हल्ला गरेको भए पनि जम्मा ३ सय सिटमा ६ सिटमात्रै आएको बताए । उनले निर्वाचन हारिन्छ भनेर उनीहरुले पटकपटक निर्वाचन सार्ने प्रयास पनि गरेको बताए । सापकोटाले यही अवस्था नेपालमा आउने दाबी गरे ।

‘केही नयाँ भन्नेहरुले के हल्ला फिजाँएका रहेछन् भने तपाइको छोरा विदेशमा छन्, श्रीमान विदेशमा छन् स्वदेश फर्काउनुपर्छ कि पर्दैन’ सापकोटाले भने ‘ अर्को कुरा यहाँ बसिरहेका युवालाई तपाई विदेश जाने कि स्वदेशै बस्ने मन छ पनि भनेका रहेछन् ।’ उनले यस्ता विषयमा हरेक मानिसलाई सचेत गराउनुपर्ने बताए । उनले नयाँ पार्टीको सिद्धान्त र एजेण्डा केही नभएको पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै त्यो पार्टीले भनेजस्तो उम्मेदवार पनि नपाएको बताए ।

उनले देश बचाउने र देश जलाउनेबीचको यो निर्वाचन भएको पनि बताए । एमालेको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ भएको भन्दै उनले बजारमा आएका भ्रमको पछि नलाग्नसमेत सबैलाई आग्रह गरे ।

बकैया गाउँपालिका मकवानपुर क्षेत्र नम्बर १ मा पर्दछ । यो क्षेत्रबाट एमालेका रामेश्वर राना उम्मेदवार बनेका छन् । सापकोटाले देशव्यापी रुपमा एमालेको पक्षमा माहोल बनेकाले त्यो अवस्थालाई जोगाइराख्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा वागमति प्रदेशसभाका सांसद एकलाल श्रेष्ठ र जिल्ला कमिटी उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले एमालेलाई जिताउने अभियानमा सबै सक्रिय रहनुपर्ने बताए ।  सांसद श्रेष्ठले एमालेलाई मत दिनुको मुख्य कारण पार्टीले सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र स्थानीय विकासलाई प्राथमिकता दिन्छ । उनले भने एमालेले संविधानको सर्वोच्चता, लोकतन्त्र, शान्ति प्रक्रिया र जनताको जीविकासँग जोडिएका मुद्दामा स्पष्ट नीति र कार्यक्रम अघि बढाएको छ त्यसैले सबैलाई सुर्य चिन्नमा मतदान गर्न आह्वान समेत गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...