back

देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको छ : उम्मेदवार दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ दाहालले देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गर्दै उनले देशव्यापी रुपमा शासकिय क्षमता, निर्णय र नेतृत्व क्षमतामा कमजोरी भएको भन्दै यसलाई छलफल र विकास गर्नुपर्ने बताए ।

उनले भने, ‘जेनजी आन्दोलनपछि मुलुक जलेर खरानी भएको छ । नवनिर्माण गर्नुपर्ने छ, पुन निर्माण गर्नुपर्ने छ । २७ खर्ब सार्वजनिक ऋण छ, हाम्रो राजस्व पनि धेरै उठेको छैन् । हाम्रो वास्तविकता यही हो । आर्थिक अवस्था कमजोर छ, शासकिय क्षमता कमजोर छ, हाम्रो समस्या शासकिय क्षमतामा छ। निर्णय र नेतृत्व क्षमतामा कमजोर छ देशव्यापी रुपमा यसलाई हामीले विकास गर्नुपर्छ । यसमा छलफल गर्नुपर्छ ।’

नेपाली जनता धेरै विकसित देशहरु पुगेको हुनाले जनताको अपेक्षा पनि त्यही हिसाबको भएपनि नेपालको वस्तुगत धरातल एकदमै उल्टो भएको पनि उनको भनाई छ ।

साथै, उनले जेनजी विद्रोहपछि पुराना पार्टीप्रति आवेग बनेको र नयाँ पुस्तालाई नेताहरुले केही गरेन भन्ने परेको भन्दै यसलाई सम्बोधन गर्न समस्या पत्ता लगाएर कुशल नेतृत्व प्रदान गर्नुपर्ने बताए ।

उनले भने, ‘जनतामा पुराना पार्टीप्रति रिस र आवेग जेनजी विद्रोहपछि झन् बढेको छ र नयाँ पुस्तालाई नेताहरुले केही गरेन भन्ने छ तर मुलुक बनाउन सजिलो छैन् । सजिलो छैन् भन्दैमा सम्भव नै छैन भन्ने होईन् । हामीले कहाँ कहाँ समस्या छ पत्ता लगाएर कुशल नेतृत्व प्रदान गर्नुपर्छ ।’

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...