back

नेप्से सूचकांक सामान्य अंकले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो

nactional life

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से सूचकांक १.५३ अंकले बढेर २,६९५.७३ विन्दुमा पुगेको छ, जुन ०.०५ प्रतिशतको वृद्धि हो ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०४ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ०५ प्रतिशतले बढेको छ । आजको कारोबारमा कुल ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर किनबेच भएका छन् । यसबाट कुल कारोबार रकम ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँ पुगेको छ । बजारमा कुल ९१ हजार ६१ पटक कारोबार भएको छ ।

यसदिन ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आजको कारोबारमा एसवाइ प्यानल, श्रीनगर एग्रिटेक, हिमस्टार उर्जाको शेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

एसवाइ प्यानलको शेयर मूल्य २,०३०.७० रुपैयाँ पुगेको छ भने श्रीनगर इग्रिटेकको शेयर मूल्य १,४७८.४० रुपैयाँ पुगेको छ । कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत कम्पनीको शेयर अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहका परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...